संघीय शिक्षा ऐन खारेजीको माग गर्दै शिक्षा कार्यालय घेराउ

संघीय शिक्षा ऐन खारेजीको माग गर्दै शिक्षा कार्यालय घेराउ
सुन्नुहोस्

नुवाकोट : शिक्षा ऐनको विरोध गर्दै नुवाकोटमा शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घद्वारा घोषित संघीय शिक्षा ऐनको विरोध कार्यक्रम अन्तर्गत मंगलबार विदुरस्थित शिक्षा कार्यालयमा धर्ना दिएका छन् । 

चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएसँगै नेपाल शिक्षक महासंघ नुवाकोटले पनि  शिक्षा विकास तथा  समन्वय इकाई नुवाकोटमा धर्ना दिएको हो ।  

शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा दवाव दिन धर्नामा उत्रिएको नेपाल शिक्षक महासंघ नुवाकोटले जनाएको छ । 

महासंघको अगुवाइमा शिक्षा ऐनको विरोधमा कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको हो । 

सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको जनाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो ।

शिक्षक संघ, संगठनसँग पटकपटक सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजान खोजेपछि आन्दोलनमा उत्रिनु परेको नेपाल राष्ट्रिय शिक्षक संगठनका नुवाकोटका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको भनाइ छ ।  ऐनमा शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दासमेत समावेश नभएको कारण आन्दोलित हुनु परेको शिक्षक संघका अध्यक्ष द्वारिकाप्रसाद पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.