घुस रकमसहित विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल पक्राउ
काठमाडौं : सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग आयोग इटहरीको कार्यालयबाट खटिएको टोलीले गाउँपालिकामा कार्यरत सूचना प्रविधि अपरेटर वीरेन्द्रकुमार यादवको साथबाट नगद २ लाख र लेखापाल टेकनारायण यादवको साथबाट ३ लाखको चेकसहित पक्राउ गरेको हो।
अख्तियारले सोलार बत्ति जडानलगायतका योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !