घुस रकमसहित दुई कर्मचारी पक्राउ
राजविराज :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दुई जना कर्मचारीलाई राजविराजबाट घुस रकमसहित पक्राउ गरेको छ ।
टेकनारायण सप्तरी जिल्ला अदालतमासमेत लेखापालमा कार्यरत छन् ।
आयोगको इटहरीस्थित कार्यालयको टोलीले राजविराजस्थित गजेन्द्र चोकनजिक एक पसलबाट उनीहरुलाई सेवाग्राहीसँग घुस रकम लिंदै गर्दा पक्राउ गरेको हो । दुवै जनाको साथबाट दुई लाख रुपैयाँ नगद र तीन लाखको चेक बरामद भएको आयोगले जानकारी दिएको छ ।
सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत उपभोक्ता समितिबाट दुई लाख नगद र तीन लाखको चेक लिंदै गर्दा पक्राउ परेको प्रवक्ता दुलालले जानकारी दिए । घटनास्थलको मुचुल्का गरी कानुनी कारवाही अगाडि बढाइएको आयोगले जनाएको छ ।