पाल्पामा सामुदायिक विद्यालय सुधारका लागि १८ बुँदे सामुहिक प्रतिवद्धता

पाल्पामा सामुदायिक विद्यालय सुधारका लागि १८ बुँदे सामुहिक प्रतिवद्धता
सुन्नुहोस्

तानसेन : पाल्पामा सामुदायिक विद्यालय सुधारका लागि १८ बुँदे सामूहिक प्रतिवद्धता जनाइएको छ। पाल्पाको १० वटा स्थानीय सरकार राजनीतिक दल, संघ प्रदेशका सासंदहरूले सामूहिक रूपमा  सामुदायिक तथा सार्वजनिक शिक्षालाई व्यवस्थित गर्दै गुणस्तरीय बनाउनका लागि १८ बुँदे सार्वजनिक प्रतिवद्धता गरेका हुन्। 

जिल्लामा माध्यमिक तहको शैक्षिक उपलब्धी ५० प्रतिशत मात्र छ। सरकारी शिक्षक कर्मचारी जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका छोरा छोरीले सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने  नियम पूर्ण रुपमा कार्यान्वयन गर्ने जनाएका छन्। 

स्थानीय सरकारले सार्वजनिक शिक्षाको न्यूनतम् गुणस्तरको मापदण्ड बनाई कार्यान्वयन गर्ने गराउने  प्रतिवद्धता गरिएको छ। ​​​​बालमैत्री भौतिक पूर्वाधारको विकास गरी बालमैत्री सिकाइप्रति प्रभावकारी बनाउने पालिकाहरूले जनाएका छन्। 

निःशुल्क तथा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले शिक्षा शाखामा पर्याप्त जनशक्तिको व्यवस्थापन, विद्यालयहरूका शैक्षिक सामग्रीको व्यवस्था,बालमैत्री बसाई तथा सिकाइका लागि लगानी बढाउन सरोकारवाला पक्षहरू सहमत भएका छन्।
 
प्रत्येक शैक्षिक सत्रको सुरुमा शिक्षकहरूले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले पालिकासँग गुणस्तरीय शिक्षा तथा नतिजाका विषयमा करार सम्झौता गर्ने, विद्यालय शिक्षाको पहुँचमा नरहेका बालबालिकाहरूलाई विद्यालयसम्म ल्याउने र उनीहरूको सबै किसिमको पठनपाठन निःशुल्क गर्दै, टिकाउने र विकाउने बनाउने प्रतिवद्धता गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.