तातोपानी नाका पूर्ण सञ्चालनको विषय उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तातोपानी नाका पूर्ण सञ्चालनको विषय उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सुन्नुहोस्

सिन्धुपाल्चोक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन्।

तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर बालुवाटार पुगेको संघीय सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोवर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

तातोपानी क्षेत्रका व्यवसायीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरोदेखि लिपिङसम्मको करिब ३० किलोमिटर सडक स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवतजावत गर्ने सहमति भइसकेको जनाउँदै सो रुट प्रयोग गरी मानसरोवर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएका थिए।

‘तातोपानी नाका पूर्णरुपमा सञ्चालन गर्न, बाह्रविसे–लिपिङ सडक खण्डको मर्मत, स्तरोन्नति र पर्यटकीय रुटका सन्दर्भमा हामीले प्रधानमन्त्रीजयूको विशेष ध्यानाकर्षण गराएका छौं,’ ध्यानाकर्षण पत्र बुझाइसकेपछि सांसद सापकोटाले भने– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने चीन भ्रमण, यसबीचमा हुने उच्चस्तका कुटनीतिक भेटघाटका क्रममा यस ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धित विषयहरूले प्राथमिकता पाउने छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं।’ 

सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माइली तामाङ, भोटेकोशी गाउँपालिकाका पूर्व अध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष रामहरी कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटा, महासचिव कृष्ण क्षेत्री, तातोपानी पर्यटन व्यवसायी संघका शेरबहादुर मगर, भुपेन्द्र भण्डारी, ध्रुव थापालगायत बालुवाटार पुगेका थिए।

सांसद सापकोटा नेतृत्वको सो टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदलाई छुट्टाछुट्टै भेट गरी सोही व्यहोराको ध्यानाकर्षण पत्र बुझाएको छ। 

गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यागमन कार्यालय निर्माण एवम् व्यवस्थित गर्ने विषयलाई जोड दिइएको छ भने परराष्ट्रमन्त्रीलाई नाकाको पूर्ववत सञ्चालन र मानसरोवर तीर्थयात्राका लागि रुटका लागि कुटनीतिक पहल गर्न ध्यानाकर्षण गराइएको छ।

‘बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको जुरेदेखि नाकासम्मको करिब ३० किलोमिटर सडक भूकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ। जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ’, ध्यानाकर्षण–पत्रमा भनिएको छ–‘चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाइ हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछौं।’

यस्तै पत्रमा आगामी सेप्टेम्बरदेखि मानव आवतजावत सुचारु गर्ने सहमति भइसकेकोमा तिब्बतस्थित धार्मिक तिर्थस्थल मानसरोबर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि प्रधानमन्त्री कै तहबाट कुटनीतिक पहल हुने अपेक्षा गरिएको छ। नेपालबाट मानसरोबर जान सो रुट तुलनात्मक रुपमा छोटो, छिटो र सस्तो रहेको विषय उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने चीन भ्रमण, यस बीचमा हुने उच्चस्तका कुटनीतिक भेटघाटका क्रममा यस ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धित विषयहरूले प्राथमिकता पाउने छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.