त्रियुगामा स्थानीय पाठ्यपुस्तक तयार

त्रियुगामा स्थानीय पाठ्यपुस्तक तयार
सुन्नुहोस्

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यपुस्तक ‘त्रियुगा ज्ञानमाला’ तयार गरी पठनपाठन सुरु गरेको छ। 

विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी दिने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयलाई नियमित पठनपाठन गराउने गरी पुस्तक उपलब्ध गराएको हो। 

मेयर वसन्तकुमार बस्नेतका अनुसार नगरभित्रका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविध विषयहरूलाई समेटेर पाठ्यपुस्तक तयार गरिएको हो। उनले भने, ‘बालबालिकाहरू प्रविधिमा सवल हुँदै गएका छन्, त्यसबाट धेरैले बाह्य ज्ञान लिएका छन्, तर उनीहरूसँग आफ्नो गाउँघरका रीतिरिवाज, परम्पराका बारेमा जानकारी नहुँदा त्यस्ता विषयवस्तु विस्तारै लोप हुँदै जाने भएकाले संरक्षणका लागि पाठ्यपुस्तक तयार गरेका हौ।'

पुस्तकमा नगरभित्रका १६ वटै वडाका विशेष महत्वका विषयलाई समेटिएको छ। उपमेयर महेश्वरी राईले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने र अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिएको बताइन्।

उनले भनिन्, ‘घोकन्ते विद्याका कारण ससाना बालबालिकाले आफू बसेको ठाउँका रहनसहनका बारेमा धेरै कुरा बुझेका छैनन्, त्यसलाई नजिकबाट बुझुन भन्ने अभिप्रायले नगरपालिकाको स्थानीय पुस्तक प्रकाशन गरेका छौं, आशा छ यसलाई बालबालिकाले अवसरका रूपमा लिनेछन्।'

कक्षा १ देखि ५ आधारभूत तहसम्मका बालबालिकालाई लक्षित गरी ल्याइएको त्रियुगा ज्ञानमाला एक सय पूर्णांकको रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले बताइन्। 

त्रियुगा नगरपालिका-४ बगाहास्थित शिवशक्ति आधारभूत विद्यालयबाट पुस्तक वितरण सुरु गरिएको छ। प्रकाशन गरिएको १३ हजार पुस्तक ६६ वटा सामुदायिक र ४४ वटा निजी विद्यालयलाई वितरण गरिने उपमेयर राईले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.