विद्रोहीले धराप थाप्दा फिलिपिन्समा पाँच सैनिक मारिए

विद्रोहीले धराप थाप्दा फिलिपिन्समा पाँच सैनिक मारिए
सुन्नुहोस्

मनिला : विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तमा शुक्रबार बिहान संदिग्ध न्यू पिपुल्स आर्मी 'एनपीए' विद्रोहीले थापेको विद्युतीय धरापमा परी सरकारी सेनाका पाँच जवानको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएका फिलीपिनी सेनाको दक्षिणी लुजोन कमाण्डका प्रवक्ता डेनिस कानाले बताएका छन्। 

देशका ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएका विद्रोहीविरुद्ध कारवाही गर्न ट्यागकावायन सहरमा गइरहेका बेला उक्त दुर्घटना भएको जनाउँदै प्रवक्ता कानाले उक्त क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीलाई अझ सशक्त बनाउन थप सैन्यबल परिचालन गरिएको बताएका छन्। 

सन् १९६९ देखि एनपीए विद्रोहीहरू जनसाधारण, सशस्त्र बललगायत सुरक्षा निकायका सदस्यलाई आक्रमण गर्दै आएका छन्। सैन्य तथ्यांकअनुसार एनपीएमा दुई हजारको हाराहारीमा सदस्यहरू छन्। सन् ८० को दशकमा यो समूहसँग २० हजार सदस्य आबद्ध थिए। क्रान्तिकारी विद्रोहको माध्यमबाट सत्ता हासिल गर्न सकिन्छ भन्ने कम्युनिस्ट पार्टी एनपीएले ५४ वर्षदेखि सञ्चालन गरेको छापामार युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.