प्रहरीको रेडिमेड जवाफ ‘अनुसन्धान जारी छ’

हिरासतमै बलात्कार घटना

प्रहरीको रेडिमेड जवाफ ‘अनुसन्धान जारी छ’
सुन्नुहोस्

राजविराज : हरेक घटनाको प्रश्नमा प्रहरीको एउटै जवाफ हुन्छ ‘अनुसन्धान’ चलिरहेको छ। सप्तरीको प्रहरी हिरासतमा चैत ६ गते बलात्कार भएको घटनामा अझै आन्तरिक अनुसन्धान चलिरहेको छ। यो घटना वैशाख १२ गते नै राज्यको निकायहरू प्रहरी, प्रशासन, अस्पताल र कारागारको जानकारीमा आएको हो। 

पेट दुखेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी महिलाले आफूमाथि प्रहरी हिरसातमा रहँदा प्रहरीले बलात्कार गरेको बताएकी थिइन्। उक्त कुरा अस्पतालको रेकर्डमा समेत उल्लेख छ। उक्त घटनाबारे आवश्यक छानबिन नगरी गुपचुप राखिएको र माथिल्लो निकायमा समेत प्रहरीले जानकारी नदिएको पाइएको छ। 

अन्नपूर्ण पोस्ट् दैनिकमा शुक्रबार समाचार प्रकाशन भएपछि मात्र प्रहरीको माथिल्लो निकायले यसबारे जानकारी पाएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले घटनाबारे पत्रिकामा पढेर थाहा पाएको बताएबाट यो कुरा पुष्टि हुन्छ। 

सञ्चार माध्यममा सार्वजनिक हुनु अगावै सप्तरी प्रहरीले यसबारे कुनै जानकारी नगराएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले समेत बताएका छन्। श्रेष्ठका अनुसार माथिल्लो कार्यालयलाई घटनाबारे जानकारी नदिएकोमा सप्तरी प्रहरीसँग पनि जानकारी मागिएको छ। हिरासतमा बलात्कार घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेलको नेतृत्वमा भदौ ९ गते ५ सदस्यीय छानबिन समिति नै गठन गरिएको छ। 

उक्त छानबिन समितिसमक्ष कारागारको प्रमुखको कोठामा भएको कुराकानीमा पीडित महिलाले कम्प्युटर चलाउने प्रहरीले हात समाती साडी खोलेर मुख थुनेको र हाकिमले बलात्कार गरेको बताएकी छिन्। उनले सबैले सलाम ठोक्ने गरेका गोरो, अग्लो कार्यालयका प्रमुखको निधारमा दाग रहेको र चस्मा लगाउने गरेको हुलियाबारे समेत बताएकी छिन्।
बलात्कारपछि यो कुरा कसैलाई भनेमा २० वर्ष जेलमा थुनाउने र नभनेमा छाडिदिने भनेर डर देखाएकाले घटनाबारे कसैलाई नभनेको उनले बताएकी छिन्। सोधपुछको सुरुवातमै प्रहरीले “श्रीमान्को गोप्य अंगमा घाउ भएकाले तसँग सम्बन्ध राख्दैन थियो होला भन्दै अनावश्यक कुरा गरेको र हात हालेको” बताएकी छिन्। 

लिखित उजुरी दिएको नौ दिन भइसक्यो, महिलाले पटक–पटक दोहो¥याएर एउटै कुरा भनिरहेकी छिन् तर प्रहरीले अनुसन्धानका नाममा आँखामा छारो हाल्ने काममात्र गरेको पीडितकी आमाले बताएकी छिन्। कहिले सकिन्छ अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्छ भन्ने कुरा प्रहरीका अधिकारीलाई नै अनुमान छैन।

दलितका लागि दलित आन्दोलनका प्रमुख खगेन्द्र सुनारले लाज छेक्न प्रहरीले आन्तरिक अनुसन्धान गरेर आलटाल गरिरहेको बताए। सप्तरीमा पछिल्लो समय बलात्कार, चोरी, लुटपाट र हिंसाका साथै शृंखलाबद्ध हत्याका घटना बढ्दै गएका छन्। अपराधी पत्ता लाग्ने र दोषीले सजाय पाउने कुरो त परै जाओस् अपराध बढ्नुको खास कारण समेत प्रहरीले पत्ता लाउन सकेको छैन।

सबै घटनाबारे बुझ्दा प्रहरीको एउटै रेडिमेड जवाफ हुन्छ ‘अनुसन्धान’ चलिरहेको छ। प्रहरीलाई अनुसन्धान गर्न लाग्ने समयको लेखाजोखा नहुने भएकाले धेरै जनाले जिल्ला सरकारी वकिलमार्फत सिफारिस गर्न र उच्च अदालतबाट परमादेश गर्न बाध्य हुनुपरेको राजविराजका जाकिर हुसेनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.