जुम्लामा जीप दुर्घटना, २ जनाको मृत्यु

जुम्लामा जीप दुर्घटना, २ जनाको मृत्यु
सुन्नुहोस्

वीरेन्द्रनगर : जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। नाग्मदेखि मुगु सडक खण्ड अन्तरगत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए। चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ। जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ।

आइतबार बिहान ६:४५ बजेको समयमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.