गाँजासहित तीनजना पक्राउ
म्याग्दी : बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट अवैध लागुऔषध गाँजा १ केजी ७ सय ग्रामसहित पर्वत जलजला गाउँपालिका-३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !