शिक्षक महासंघले गरे ३ दिन विद्यालय बन्दको घोषणा

शिक्षक महासंघले गरे ३ दिन विद्यालय बन्दको घोषणा
सुन्नुहोस्

महोत्तरी :नेपाल शिक्षक महासंघ सोनमा गाँउपालिकाको अगुवाइमा पालिकास्तरीय शिक्षकसँग सम्बन्धित विभन्न भातृसंगठनहरुले गाँउपालिकाभरिका सामुदायिक विद्यालय तीन दिनको लागि बन्दको घोषणा गरेका छन्।

प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी र अभिभावकलाई विना शर्त रिहाको माग गर्दै स्थानीय शिक्षक संघ संगठनले भदौ २२ गतेदेखि भदौ २४ गतेसम्मका लागि पालिकामा रहेका सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन्।

शिक्षक महासंघ सोनमा पालिकाको लेटरप्याडमा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो को घोषणा गरेका हुन्। सो प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार घाइते विद्यार्थीको औषधी उपचारको व्यस्था गर्नुको साथै पक्राउ परेकाहरुको अविलम्व रिहाको माग गरेका छन्। 

संतोषजनकतवरले माग सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलन गर्ने सो प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका छन्।

घटना संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। त्यस्तै १० जनामाथि मुदा दायर भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन्। उनीहरुमाथि सार्वजानिक सम्पतिमा आगजनी, अराजक गतिविधि आरोपमा मुद्दा दायर भएको प्रहरी निरीक्षक यादवले बताएका छन्।

गत बुधबार सोनमा गाँउपालिका २ स्थित सरस्वती माविका विद्यार्थीहरु ज्ञापनपत्र लिएर गाँउपालिका पुगेका थिए। सोही क्रममा दुईतर्फी झडप हुँदा ६ विद्यार्थी र १० जना विद्यार्थीहरु घाइते भएका थिए। उनीहरुको स्थानीय हस्पिटलमा उपचार भइरहेको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.