लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ
तस्बिर : जिल्ला प्रहरी कार्यालय
सुन्नुहोस्

स्याङ्जा : वालिङ्मा दुईजना लागुऔषधसहित पक्राउ परेका छन्।  वालिङ् नगरपालिका- १० स्थित भकुण्डेमा पोखरा महानगरपालिकाका १७ वर्षीय शिव बस्नेत र स्याङ्जा विरुवाका २२ वर्षीया अजय राना पक्राउ परेको प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए। 

सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख. ५१५ नं. को बसमा यात्राका क्रममा शनिबार साँझ उनीहरू पक्राउ परेका हुन्।

उनीहरूका झोलाबाट डाइजोपाम ५० एम्पुल, फेनारागत ५० एम्पुल, नोफिन ५० एम्पुलसहित एक सय ५० एम्पुल प्रहरीले जनाएको छ। यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.