मेलम्ची नगरपालिकाको पाँचपोखरी र हेलम्बुलाई सहयोग

मेलम्ची नगरपालिकाको पाँचपोखरी र हेलम्बुलाई सहयोग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुपाल्चोक : बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको छ ।  गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । 

छिमेकी पालिकाहरूमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए । १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद व्यक्त गरे । 

उनले मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्तुत भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए । अध्यक्ष लामाले बाढीग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झक्झकाउनु पर्नेमा जोड दिए ।

हेलम्बु गाउँपालिकालाई पनि १० लाख सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । ‘हामी हेलम्बुलाई पनि १० लाख रुपैयाँ प्रदान गछौं,’ तामाङले भने ।

रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरु चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनीलगायतको उपस्थित थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.