शिक्षकले उपहार लिनुअघि स्थानीय तहको स्वीकृति अनिवार्य

शिक्षकले उपहार लिनुअघि स्थानीय तहको स्वीकृति अनिवार्य

काठमाडौं : शिक्षकले अभिभावकबाट चन्दा लिन नपाउने भएका छन्। सरकारले संसदमा दर्ता गराएको 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालयको काम र विद्यार्थीको सिकाई तथा मूल्यांकनमा प्रभाव पार्नेगरी अभिभावकबाट चन्दा लिन नपाउने व्यवस्था ल्याएको हो।

विद्यालयले विभिन्न बहानामा अभिभावकबाट चन्दा असुली गरेको गुनासाहरू आएपछि सरकारले विधेयकमा यो व्यवस्था ल्याएको हो।

कुनै पनि प्रकारका दान स्वीकार गर्नुअघि स्थानीय तहको स्वीकृति अनिवार्य बनाइएको छ। 'विद्यालयको काम र विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पर्नसक्ने गरी कुनै शिक्षकले स्थानीय तहको पूर्व स्वीकृति विना आफूले वा आफ्नो परिवारको कुनै सदस्यद्वारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने व्यवस्था यस दफामा गरिएको छ,' विधेयकमा भनिएको छ। 

त्यस्तै विदेशी सरकार वा प्रतिनिधिबाट उपहार पाउने शिक्षकले स्थानीय तहलाई जानकारी गराउनुपर्ने भएको छ। 'शिक्षकलाई कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले स्थानीय तहलाई सो विषयको जानकारी दिई स्थानीय तहवाट निर्णय भएबमोजिम गर्नु पर्नेछ,' विधेयकमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.