पाइनै छाडे विज्ञान र गणितका शिक्षक

पाइनै छाडे विज्ञान र गणितका शिक्षक
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सन्धिखर्क : मालारानी गाउँपालिकामा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा ४ महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ। 

शिक्षक आह्वानका लागि ३ पटकसम्म विज्ञापन आह्वान गर्दा पनि माध्यमिक तहको शिक्षक दरबन्दीमा कुनै पनि व्यक्तिको दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाईले बताए।

पछिल्लो समय राम्रो विषय लिएर पढेका युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशमा गएर नफर्किएका कारण शिक्षक पाउन नसकिएको उनको भनाइ छ। शितगंगा नगरपालिका–९ मा रहेको पाकुरी माध्यमिक विद्यालयले गणित र विज्ञान विषयको पटक–पटक गरी ३ पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेको छैन। नगरपालिकाको विकट क्षेत्र मानिने सिद्वाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शितगंगा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए। 

अर्घाखाँचीका विद्यालयहरूले गणित र विज्ञान विषयको पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेका छैनन््। पछिल्लो समय पढेलेखेका मानिस विदेश पलायन हुन थालेपछि विद्यालयमा दक्ष जनशक्तिको अभाव बढेको हो। 

पहिले विद्यालयमा शिक्षकको कुनै कमी हुँदैनथ्यो। तर, पछिल्लो समयमा अर्घाखाँचीका विद्यालयले एउटै पदका लागि पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले बताए। विष्णुपथ चौपारी आधारभूत विद्यालय शितगंगा नगरपालिका–७ लामातालमा पनि गणित र विज्ञान विषयको शिक्षकको लागि ३ पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन। 

पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएस्सी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जाने र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको हो। विज्ञान र गणित विषय लिएर पढेका विद्यार्थीको पहिलो रोजाइ वैदेशिक यात्रा, दोस्रोमा लोकसेवा आयोग र तेस्रोमा मात्र शिक्षक सेवा रहेकाले पनि गाउँका विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक पाउन मुस्किल परेको हो। 

जनसेवा माध्यमिक विद्यालय पाणिनि गाउँपालिका–७ अडगुरीको झन्द्रेकले माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि पहिलोपटक साउन महिनामा विज्ञापन गर्‍यो। तर, कसैले दरखास्त राखेनन्। यसरी पटक–पटक गरी ५ पटक विज्ञापन आह्वान गरिएको विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले बताए। उनले भने, ‘पाँचांै पटकको विज्ञापनमा २ जनाले दरखास्त आह्वान गर्नु भएको छ। परीक्षा नहुँदै शिक्षक पायौं भनेर भन्न सकिने अवस्था छैन।’ पहिला एकजनाले दरखास्त आह्वान गरे पनि पछि टाढा भयो भनेर नआएको पनि उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.