हङकङमा तीज

हङकङमा तीज
सुन्नुहोस्

हङकङ : कोहिले ला’छन्, रातो साडी

कोहिले पाउजु पाउमा
तीजको बेला घुम्दै आइयो मायालुको गाउँमा
हङकङको साडीले नेपालको धुलो उडायो।

तिलक ओलीको शब्द, संगीत र स्वरमा गायिका आरती खड्काले साथ दिएको दोहारी गीत हङकङका तीज कार्यक्रमहरूमा खुबै बज्ने गरेको छ। तीज आउनु महिना अघिदेखि नै हङकङमा रौनक सुरु भएको थियो। विभिन्न संघसस्था, समुदाय र ब्यक्तिगत रुपमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा हङकङेली नेपाली महिलाहरूको उपस्थित रहँदै आएको छ। 

विदेशी भूमिमा रातो साडी, चुरा, पोते लगाएका महिलाहरूको समूह, तस्बिर र भिडियोहरूले नेपाललाई बिर्साएको छ। ब्यस्त सहर हङकङमा कामकाजी महिलाहरूका लागि तीज विशेष बनेर आउने गर्दछ। गाउँघरमा मनाइने मौलिक तीजको आफ्नै गरिमा र महत्व छ। तर, विदेशमा आयोजना गरिएका तीजले संस्कारलाई कम आत्मसाथ गरे पनि यसको गरिमा र महत्वलाई अवश्य सम्बोधन गरेको छ। 

डिस्को डान्स, वाइन र लेट नाइटमा झुम्ने समूह धेरै भए पनि तीजमा भेला हुने, नेपाली महिलाहरूको मौलिक पहिरनमा सजिने भावना भने सबैमा छ। यसले आउने पिढीलाई हाम्रो चाडपर्व, संस्कार र संस्कृति बुझाउन सजिलो हुने देखिएको छ।  यो वर्षको तीज अन्य वर्षहरूको भन्दा अझ विशेष भएको छ। कोरोनाले थलिएका सबैलाई पुरानै लयमा फर्काएको छ। समूहमा चाडपर्व मनाउन नपाउँदाको पीडालाई यो वर्षको चाडपर्वले दोब्बर उमंग दिएको छ। 

हङकङलाई नेपाली कलाकारहरूको भरपर्दो अन्तर्राष्ट्रिय मञ्च मानिन्छ। हप्तामा दर्जनौं कलाकारहरू आफ्नो प्रस्तुति लिएर हङकङ आउने गर्दछन्। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने मात्र नभई आर्थिक उपार्जन पनि राम्रो हुने भएकाले नै हङकङ कलाकारहरूको पहिलो रोजाई बन्ने गरेको छ। लामो समय कलाकारविहीन बन्न पुगेको हङकङमा तीज कार्यक्रमकै लागि गत महिना मात्र दुई दर्जन कलाकारहरूले आफ्नो प्रस्तुति सकेर नेपाल फर्किसकेका छन्। 

हङकङ क्षत्री समाजको आयोजनामा तीज धमाका कार्यक्रममा गायक श्रीकृष्ण बम मल्ल, सुमन थापा मगर र हांस्यकलाकार सुमन कार्कीले भरपुर मनोरञ्जन दिएका थिए। एकता, सहअस्तित्व र भातृत्वको लागि भन्दै लान्ताउ नेपाली समाज हङकङले पनि तीज विशेष कार्यक्रम आयोजना गरेको थियो। लक्की ड्र, डिजेका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ स्याङ्जा जनसेवा समिति हङकङले पनि तीज धमाका साँझ सम्पन्न गरेको छ। गोर्खा समाज हङकङले पनि लोकदोहोरी गायिका रेजिना परियार र सविना थापाका साथमा गोर्खाली तीज पर्व कार्यक्रम सम्पन्न गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.