शिक्षक महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन शिक्षा मन्त्रालयको आग्रह

शिक्षक महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं : नेपाल शिक्षक महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको अवस्थामा आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रति ध्यानाकर्षण भएको जनाएको हो। 

सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको छ। 'विधेयकलाई अन्तिम रुप दिनुअघि महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।

महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका विज्ञप्तिमा उल्लेख छ। 

अतः महासंघले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा यही असोज २ गते दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई मन्त्रालयले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.