राहत शिक्षक आज पनि आन्दोलनमा

सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि

राहत शिक्षक आज पनि आन्दोलनमा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। 

शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमती गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । 

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरु आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरुले बताएका छन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

उनीहरुले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरु पूरा नभएसम्म विद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.