एमालेको प्रदेश प्रतिनिधिमा उदयपुरबाट सर्वसम्मत

एमालेको प्रदेश प्रतिनिधिमा उदयपुरबाट सर्वसम्मत
तस्बिर : अन्नपूर्ण

उदयपुर : नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि उदयपुरका ८ वटै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्। 

प्रतिनिधि चयनका लागि निर्वाचनको माहोल बनिरहेको बेला एमालेले एकाएक सबै पालिकामा कार्यदल बनाई सर्वसम्मत प्रतिनिधि चयन गरेको हो। 

एमाले अध्यक्ष परमेश्वर घिमिरेका अनुसार जिल्लाबाट ३६ जना र जनवर्गीय सगठनको प्रदेश कमिटीबाट चार गरी ४० जनाले प्रदेशमा प्रतिनिधिका रूपमा सहभागिता जनाउने छ। 

असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनको एमाले अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अधिवेशनको मिति नजिकिँदै गर्दा एमाले उदयपुरले यो पटक जिल्ला एक ढिक्का रहेको सन्देश प्रवाह गर्न सर्वसहमत प्रतिनिधि चयन गरेको अध्यक्ष घिमिरेले बताए। 

निर्वाचनमा जाँदा पार्टीमा आन्तरिक समस्या उत्पन्न हुने देखेपछि एमालेले कार्यादलले गरेको निर्णय अन्तिम हुने गरी नयाँ रणनीति अपनाएको हो। कार्यादलले पार्टी भित्रको अवस्था, भुगोल, समावेशीता, जेष्ठता, युवा क्षेत्रलाई समेटने गरी मूंल्याकन गरेर आकांक्षीहरूसँगको परामर्शमा निर्णय लिएको अध्यक्ष घिमिरेले बताए। 

‘प्रदेशको नेतृत्व गर्ने खालको नेता पठाउँदा जिल्लालाई फाइदा पुग्छ भन्ने हाम्रो निष्कर्ष हो,' अध्यक्ष घिमिरेले भने, ‘अधिवेशनमा सहभागी मात्र हुने भन्दा पनि कमिटीमा नै उपस्थिति हुने पुराना र नयाँ अनुहारलाई मिलाएर पठाएका छौं, आशा छ प्रतिफल राम्रै आउने छ।'

पार्टीका उपसचिव टेकबहादुर राउतका अनुसार रौतामाइ गाउँपालिकाबाट प्रतिनिधिसभाका सदस्य अम्बरबहादुर रायामाझी, जीवनकुमार कार्की, कैलाश बस्नेत, कुमारी  आले मगर, लिमचुङबुङ गापाबाट देवराज राई, ताप्लीबाट बाबुराम राई, कमला राई, उदयपुरगढीबाट शैलेश लामा, गोपाल खत्री र संगीता बिक छनौट भएका छन्। 

त्यसैगरी कटारी नगरपालिकाबाट ज्ञानेन्द्र श्रेष्ठ, रतन पोखरेल, जीवनाथ दाहाल, कला घले, गिता खडका, त्रियुगा नपाबाट इश्वरमणी राउत, प्रकाश बस्नेत, बिमल कार्की, भागवत राउत, नारदराज थापा, चन्द्रनारायण चौधरी, धिरेन्द्र दाहाल, गिता रेग्मी, महेश्वरी राई, भवानी थापा  रहेको उनले बताए। 

त्यस्तै चौदन्डीगढी नपाबाट पदम राई, शम्भु पौडेल, कान्ता राई, बेलकाबाट दुर्गाकुमार थापा, धनपति आचार्य, सृजना तामाङ, दलितबाट बेनीबहादुर नेपाली, फुन्दे विश्वकर्मा, अमृता रोक्का (प्रदेश कमिटीबाट), मजदुरबाट माया भण्डारी, दिलबहादुर तामाङ, कृष्ण केसी, प्रदेश कमिटीबाट राष्ट्रिय अपांग महासघंमा उदयपुरका सीता पौडेल, भूतपुर्व  सैनिक संगठनबाट कल्पना राई र प्रेस चौतारी नेपालबाट सुजता ढुंगाना चयन भएको उनले बताए। 

पार्टी एकता प्रक्रियाबाट आएका नेताहरूलाई समेत समावेश गर्दै लैजानुपर्ने दायित्व भएकाले प्रतिनिधि सर्वसहमत चयन गरेको उपसचिव राउतले बताए। उनले प्रतिनिधि छनौट एकताको मात्र सन्देश नभई सबै साथीहरूलाई अवसरको बाँडफाँड पनि भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.