सप्तरीमा सीमावर्ती क्षेत्रबाट सयवटा वाकीटकी बरामद

सप्तरीमा सीमावर्ती क्षेत्रबाट सयवटा वाकीटकी बरामद
बरामद सय थान वाकीटकी फोन। तस्बिर : मनोहर पोखरेल।
सुन्नुहोस्

राजविराज : सशस्त्र प्रहरी बलले आइतबार सप्तरीको विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ।

छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरस्थित सीमावर्ती क्षेत्रबाट प्रतिगोटा नौ हजार पाँच सय मूल्य पर्ने सयवटा पोर्टेबल वाकीटकी हाते फोन बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले जनाएको छ। 

बोर्डर आउट पोष्ट (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले उक्त समानहरु बरामद गरेको जनाएको हो। टाउकोमा बोकी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक कार्टुन वाकीटकी फोन छाडेर भरिया फरार भएको सशस्त्र प्रहरी निरीक्षक समराज खडकाले बताए। जस्को भन्सार मूल्य नौ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ। 

यसैगरी छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरस्थित सीमावर्ती क्षेत्रबाट सप्रनि खडकाको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको तीन बोरा मैदा बरामद गरेको छ। बलान विहुल गाउँपालिका बेल्हीस्थित सीमावर्ती क्षेत्रबाट दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल र प्रिन्टर मेसिनसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 

बिओपी बेल्हीबाट खटिएको पैदल गस्ती टोलीले भारतीय बिआर ०७ डब्ल्यु ०४८७ नम्बरको मोटरसाइकलमा राखी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको प्रिण्टर मेशिन बरामद गरेको हो।

सशस्त्र प्रहरीले डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर नहरस्थित कटैयाबाट कागजपत्र र नम्बर प्लेट नभएको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले बरामद समानहरु सप्तरीको तिलाठी गाउँपालिका–१ स्थित बेल्ही भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.