सप्तरीमा वडा अध्यक्ष रायको मृत्यु, आइतबार डाक्नेश्वरी नगरपालिकामा शोक बिदा

सप्तरीमा वडा अध्यक्ष रायको मृत्यु, आइतबार डाक्नेश्वरी नगरपालिकामा शोक बिदा

सप्तरी : एक वर्षदेखि मष्तिष्क पक्षघातबाट पीडित सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ का वडा अध्यक्ष हरीप्रसाद रायको निधन भएको छ। ६१ वर्षीय रायको घरमा मृत्यु भएको नगरपालिका कार्यालयले जनाएको छ । नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार पश्चात उनी घरमा औषधि सेवन गरिरहेका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राय स्थानीय तह निर्वाचन २०७९ मा तीन सय ३३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको करिब ६ महिनामा उच्च रक्तचापका कारण मष्तिष्क पक्षघातबाट पीडित भएपछि राय कामकाज गर्न अशक्त र असमर्थ थिए । 

वडा अध्यक्ष अमातको निधन भएपछि आइतबार डाक्नेश्वरी नगरपालिका कार्यालय र सो अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिइएको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले जानकारी दिए । वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा. राजु पौडेलका अनुसार विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको छ । पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ । विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको डा पौडेलको भनाइ छ । 

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने गर्दछ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षघातको लक्षण भएको भन्दै चिकित्सकहरुले यस्ता लक्षण देखिए तत्काल अस्पताल पुग्न सके उपचार सम्भव रहेको बताउँछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.