डिबेन्चर अर्थात् बहुउपयोगी बचत

डिबेन्चर अर्थात् बहुउपयोगी बचत

काठमाडौं : बजारमा लगानीयोग्य रकमको अभाव हुँदा डिबेन्चर (ऋणपत्र) स्रोत परिचालनको उपयुक्त औजार बनेका छन्। डिबेन्चरले उपभोक्तालाई तोकेको अवधिसम्म तोकिएको ब्याज निरन्तर प्राप्त भई प्रतिफलको सुनिश्चितता गर्छ भने पुँजीकोषको अंगका रूपमा रहेका ऋणपत्र बाहेकका डिबेन्चरलाई निक्षेपका रूपमा गणना गर्न पाउँदा बैंकहरूलाई कर्जा परिचालनका लागि सहुलियत मिल्छ।

डिबेन्चरलाई नेपालीमा ऋणपत्र भनिन्छ। कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइ ऋणपत्र हो। कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र हो, ऋणपत्र।

अर्थात् ऋणपत्र भनेको एउटा सर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदर्ताको सम्पत्ति हो। बैंक तथा वित्तीय संस्थाका लागि डिबेन्चर पूरक पुँजीका रूपमा जारी गरेर अस्थायी रूपमा आफ्नो पुँजी पर्याप्तता कायम गर्ने औजार पनि हो।

null
यो सधैं आवश्यक हुने औजार होइन। संस्थाहरूले पुँजी पर्याप्तताका लागि हकप्रद जारी गर्ने विकल्प रहन्छ। तर, सधैं हकप्रद जारी गर्न मिल्दैन।
ऋणपत्र पुँजी पर्याप्तताका लागि जारी गरिने अरू प्रकारका औजारभन्दा फरक हुन्छ। यसको अंकित मूल्य हुन्छ। कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्दछन् भने ऋणपत्र जारी गरेको संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन।

यसले पुँजी पर्याप्ततालाई मद्दत गर्दछ। बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरिदकर्तालाई मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिने गरी आह्वान गर्दछन्। विशेषगरी जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि लगानी गर्ने यो उपयुक्त औजार हो। ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ। तर, ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले विभिन्न कोणबाट पनि सोच्नुपर्छ।

डिबेन्चरमा लगानी गर्नुका फाइदा

डिबेन्चरमा लगानी गर्नुका केही फाइदा छन्। डिबेन्चरलाई मुद्दती निक्षेपजस्तो नवीकरण गरिरहनु पर्दैन। यसको ब्याजदर परिवर्तन हुँदैन। आफूले किनेको डिबेन्चरभन्दा राम्रो विकल्प आयो भने यसलाई दोस्रो बजारमा बेच्न पनि सकिन्छ। वा, डिबेन्चरलाई धितो राखेर शतप्रतिशत ऋण लिन पनि सकिन्छ।

अर्कोतर्फ बैंकहरूलाई पनि केही सहज परिस्थिति सिर्जना हुनेछ। बैंकहरूले आफूले जारी गरेको ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउँछन्। निक्षेपकर्ता सर्वसाधारणले पनि बजारमा लगानीयोग्य रकमको उपलब्धता बढाउने आफ्नो दायित्व सोचेर पनि ऋणपत्रमा लगानी गरे हुन्छ।
चाहेको जुनसुकै बेला ऋणपत्र प्रयोग गरेर आफ्नो समस्या टार्न सकिन्छ। चाहे दास्रो बजारमा बेचेर होस् वा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर। त्यसकारण भोलि चाहिने खर्च वा विनियोजन गर्न कसैले पैसा रोकेर राखेको छ भने त्यो रकम ऋणपत्रमा खर्च गरे हुन्छ।

यहीकारण सर्वसाधारणलाई डिबेन्चरमा लगानी गर्न सुझाव दिने गरिएको छ। १० हजार रुपैयाँ गोजीमा राखेर हिँड्नुभन्दा १० कित्ता डिबेन्चर किन्नु राम्रो हुन्छ। हाम्रा नियमित खर्चमा कटौती गरेर पनि यस्तो बचत गर्दा दीर्घकालमा राम्रो फाइदा हुन्छ।

यसरी सुनिश्चित हुन्छ प्रतिफल

अर्बौं रुपैयाँबराबरको सावाँ र ब्याज भुक्तानी बैंकले तोकेको अवधिमा कसरी फिर्ता गर्न सक्छ भन्ने मुख्य प्रश्न रहन्छ। बैंकले ऋणपत्र परिपक्व हुने समयका लागि केही व्यवस्था गरेको हुन्छ। जस्तै बैंकले आफ्नो नाफाबाट हरेक वर्ष डिबेन्चरको केही प्रतिशत रकम एउटा रिजर्भ फन्डमा जम्मा गर्नेछ। र, सोही डिबेन्चर रिडेम्सन रिजर्भमा म्याच्युरिटी हुनपूर्व (मानौं १० वर्ष) मा नै जम्मा भइसकेको हुनेछ। लगानीकर्ताले ब्याज तोकेको अवधि (हरेक ६–६ वा ३–३ महिना)मा पाइसकेका हुन्छन्। यसरी बैंकले एकैपल्ट भुक्तानी गर्ने भार पर्दैन। जानकारहरूले पनि निक्षेपभन्दा डिबेन्चरमा लगानी गर्न आम सर्वसाधारणलाई सुझाव दिने गरेका छन्।

आउँदै वार्षिक १० प्रतिशत ब्याज दिने डिबेन्चर

आर्थिक वर्ष २०७९/८० मा नेपाल धितोपत्र बोर्डले ३१ अर्ब रुपैयाँबराबरको डिबेन्चर निष्कासनको लागि अनुमति दिएको छ। जसमध्ये ११ अर्ब ६० करोड आम सर्वसाधारणबाट संकलन गरिनेछ। वर्षभर ३५ अर्ब ५९ करोडबराबरको डिबेन्चर नेप्सेमा सूचीकृत भएका छन्।

चालू आर्थिक वर्षको हालसम्म एउटा बैंकको डिबेन्चरले निष्कासन अनुमति पाएको छ। सिटिजन्स बैंकले बोर्डबाट अनुमति पाएअनुसार असोज १७ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले तीन अर्ब रुपैयाँबराबरको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दैछ। जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। बाँकी ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बाँडफाँट गर्नेछ। सर्वसाधारणका लागि छुट्ट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि रिजर्भ गरिएको छ। ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। 

ऋणपत्र निष्कासन छिटोमा असोज २१ गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेको खण्डमा ढिलोमा कात्तिक १ गते हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो। क्रेडिट रेटिङ गर्ने कम्पनी इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बिप्लस प्रदान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.