दोलखामा ११ केजी सुन प्रकरण : थप एकजना चिनियाँ नागरिक पक्राउ

दोलखामा ११ केजी सुन प्रकरण :  थप एकजना चिनियाँ नागरिक पक्राउ
सुन्नुहोस्

दोलखा : चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको विगु गाउँपालिका लामाबगरबाट बरामद भएको ११ केजी सुन तस्करी गिरोहका थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चीनको सिचुवान प्रान्तका टासी दावा भनिने आगर लामालाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार तासी दावाको निर्देशनमा लामाबगरको फलाक नाका हुँदै सुन तस्करी भएको हो । स्वयम्भूमा बस्दै आएका दावाले सुन तस्करीको नाइके भएको भनिए पनि उनी सुन मालिक हुन् या होइनन् भन्ने यकिन हुन सकेको छैन । 

यसअघि पनि चीनको सिचुवान प्रान्तका एक चीनियाँ नागरिक र ९ जना नेपाली सुन प्रकरणमा पक्राउ परिसकेका छन् ।  चिनियाँ नागरिक ग्वाङ रोउ,लालबहादुर तामाङ र सनथ प्रधान पक्राउ परेका थिए । पक्राउ परेकाहरूको बयानका आधारमा लामालाई सीआईबीले पक्राउ गरेको हो ।

 हालसम्म ११ केजी सुन प्रकरणमा ११ जना पक्राउ परिसकेका छन् । असोज १० र १२ गते प्रहरीले विगु गाउँपालिका–३ जामुनेबाट ७ केजी र असोज १३ गते विगु गाउँपालिका– १ लामाबगरबाट चीनको सीमाबाट तस्करले ल्याएको सुन बरामद गरेको थियो । 

चीनको रोङजिया नाका हुँदै पैदलमार्गबाट सुन तस्करी भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.