लप्ची नाका खुलेपछि दसैंका लागि किनबेच सुरु

लप्ची नाका खुलेपछि दसैंका लागि किनबेच सुरु
सुन्नुहोस्

दोलखा : चीनको तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्ची नाकामा सामग्री किनबेच सुरु भएको छ। नाकाबाट अनौपचारिक रूपमा आउने जाने र किनबेच सुरु भएको लप्चीका स्थानीयले बताए। 

स्थानीय स्तरमा समझदारी कायम भएपछि असोज ११ गतेबाट नाका अनौपचारिक रूपमा खुला भएको र लप्चीवासीले सीमा पारी पुगेर सामान खरिद बिक्री सुरु गरेको स्थानीय कर्म शेर्पाले बताए। 

दसैंको पूर्व सन्ध्यामा नाका खुला भएपछि अहिले लप्चीवासीले निक्कै राहत महशुस गरेको र दसैंका लागि किनमेल गर्न र आफ्ना चौरी तथा घ्यू र छुर्पी बिक्री वितरण गर्न निकै सहज भएको स्थानीयको भनाइ छ। 

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आधिकारिक रूपमा चीन सरकारले दोलाखसँग सीमा जोडिएको दुई नाका खुला गर्ने निर्णय गरेको भए पनि त्यसमा लप्ची नाका नपरेको तर स्थानीय स्तरमा समझदारी भएपछि त्यहाँ आवागमन र किनबेच खुला गरिएको जानकारी आएको बताए। 

दोलखा प्रशासनले पनि लप्ची नाकालाई आधिकारिक रूपमा खुला गरिदिन गृह मन्त्रालय मार्फत चीन सरकारलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए।

लप्ची वासीलाई नेपाल पट्टी आफ्नो पालिकाको सबैभन्दा नजिकको बजार लामाबगर आउन झण्डै दुई दिन लाग्छ। तर चीनको तिब्बत स्थित सिगात्से, ङ्यालम काउण्टीमा पर्ने टाँसिघाङ बजार पुग्न भने पाँच घण्टा मात्र लाग्ने स्थानीयको भनाइ छ। 

अनौपचारिक रूपमा तिब्बतसँगको नाका खुला भएपछि लप्चीवासीले अहिलेसम्म करिब दुई सय वटा चौरी, केही घ्यू र छुर्पी बिक्री गरेको र यो क्रम दसैंसम्म जारी रहने स्थानीय कर्मा शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.