आरन व्यवसाय संकटमा

आरन व्यवसाय संकटमा
सुन्नुहोस्

गुल्मी : प्रविधिको प्रयोगले गाउँघरमा परम्परागत शैलीमा सञ्चालन हुँदै आएको आरन व्यवसाय संकटमा पर्न थालेको छ। पछिल्लो समय बालीघरेबाट व्यवसायी बन्ने कोसिस गरेको गुल्मीका आरन व्यवसायलाई सरकारले उचित संरक्षण र व्यवस्थापनमा चासो नदिँदा दिनप्रतिदिन पेसा लोप हुँदै गएको हो। यतिबेला बडादसैं तिहार लगायतका पर्व नागरिकको घरदैलोमा आइपुगेका छन्। 

कुनै समय फलामका औजार बनाएर चाडपर्वको खर्च जोहो गर्ने आरन व्यवसायी संकटमा देखिएका छन्। रोजगारीको हिसाबले राम्रो आम्दानीको श्रोत भएको आरन व्यवसायलाई सरकारले व्यवस्थित गर्न नसक्दा विस्तारै लोप हुन थालेको छ। 

बजारमा भित्रिएको प्रविधिको प्रयोग र सहर केन्द्रित बसाइसराईले फलामका औजारको कम प्रयोग हुँदा पेसा लोप हुँदै गएको आरन व्यवसायी बलबहादुर विश्वकर्मा गुनासो गर्छन्। कोरोना र आर्थिक मन्दीले देशका साना तथा ठूला व्यवसाय थलिएका छन्। 

उनीहरूले गाउँघरमा चलनचल्तीमा आउने हँसिया, कुटो, कोदालो, खुकुरी, बन्चरो लगायतका हतियार बनाउँदै आएका छन्। चाडपर्वको समयमा औजार निर्माण गर्न भ्याइनभ्याई हुने आरन व्यवसाय पछिल्लो समय सुनसान जस्तै छन्। 

आफूले बनाएका औजारमा बजारीकरणको समस्या, वन जंगलमा काठ काट्न नपाउँदा कोइलाको अभाव हुने गरेको उनीहरूको गुनासो छ। परम्परागत आरन सुधार गरेर आधुनिक प्रविधिमा रुपान्तरण गरी प्रविधिमा अनुदानका कार्यक्रम मार्फत व्यवसायीलाई सहयोग गर्ने घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.