सेयर बजार फेरि घट्यो, ९७ करोडको कारोबार
काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार ४३.२७ अंकले बढेको नेप्से आज ४.०५ अंकले घटेको हो।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। आज ९७ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। बुधबार ९३ करोडको सेयर खरिदबिक्री भएको थियो।
आज २८४ कम्पनीको ३७ लाख ६६ हजार १५३ कित्ता सेयर २५ हजार ५२० पटक खरिदबिक्री हुँदा कारोबार रकम ९७ करोड ६ लाख १२ हजार ८९२ पुगेको हो।
आज १५० स्टकको मूल्य घट्दा ८० को मात्रै बढेको हो। ४ उपसमूहबाहेक अन्य ९ का सूचक घटेका छन्। बैंकिङ, इन्भेस्टमेन्ट,म्युचुअल फण्ड र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
सिटीजन म्युचुअल फण्ड- २ को सेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशतले बढ्यो। बीबीडब्लू लघुवित्त वित्तीय संस्थाको ४,७६,सेन्चुरी डिबेन्चर २०८८ को ४ प्रतिशत,गरिमा डिभेन्चर २०८५ को ३.९९ र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर मूल्य ३.९२ प्रतिशतले बढेको हो।
यसदिन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य सर्वाधिक ८.२५ प्रतिशतले घट्यो। यसैगरी इन्फिनिटी लघुवित्त र आशा लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो।
कारोबार रकमका आधारमा यसदिन नविल बैंक प्रमोटर सेयर ५ करोड ९० लाख बराबरमा कारोबार भयो।
प्रतिक्रिया दिनुहोस !