भूकम्प पीडितलाई सिन्धुपाल्चोकका स्थानीय तहले ४३ लाख सहयोग गर्ने

भूकम्प पीडितलाई सिन्धुपाल्चोकका स्थानीय तहले ४३ लाख सहयोग गर्ने
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका स्थानीय तहले भूकम्प पीडितलाई ४३ लाख सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार साँझसम्म पाँचवटा स्थानीय तहले भूकम्प पीडितको राहत तथा पुनर्निर्माणका लागि सहयोगको घोषणा गरेका हुन्। 

बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैयाँ, भोटेकोशी गाउँपालिकाले १० लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैयाँ, बलेफी गाउँपालिकाले ५ लाख रुपैयाँ र जुगल गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।

विपद्का बेला एक अर्कोको सहयोग महत्वपूर्ण रहने भन्दै जाजरकोट र रुकुम पश्चिमको पीडितका लागि राहत सहयोग स्वरुप पीडामा मलम लगाउन बलेफी गाउँपालिका जुटेको अध्यक्ष गंगाबहादुर तामाङले बताए। पालिकाले भूकम्पमा परी मृत्‍यु हुनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विपद्को सामना गर्नुको विकल्प नरेको भन्दै बलेफीले भूकम्प पीडितहरूलाई सहयोग गर्नसमेत अपिल गरेको छ।

भूकम्पमा त्यहाँका नागरिक निधन र घाइते भएकोमा स्तब्ध भएको जनाउँदै जुगल गाउँपालिकाले आफूले सकेको सहयोग गरेको बताएको छ। ‘२०७२ को भूकम्पबाट भएको क्षतिको पीडा हामी सिन्धुवासीको आँखा अगाडि अझै ताजै छ। दुःखको घडीमा जसरी हिजो हामीलाई पर्दा देश विदेशबाट सहयोगी हातहरू हाम्रा पीडामा मलम लगाउन् आउनुभएको थियो, आज त्यो सहयोग जाजरकोट, रुकुमवासीलाई जरुरी छ’, पालिकाले भनेको छ– ‘यो दुःखद् घडीमा जुगल गाउँपालिकाको तर्फबाट ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ।’ 

पालिका अध्यक्ष रेशम स्याङ्बोले १ महिनाको पारिश्रमिक र अमेरिकामा अध्ययनरत आफ्नो छोरी कुसुम स्याङ्बोको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने समेत बताए। पीडाको अवस्थामा भूकम्प पीडितहरूलाई हामी सबै तपाईंको साथमा छौं भन्ने महसुस गराउन स्थानीय सरकार सहयोग गर्न जुटेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले बताए। विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्ने उनको भनाई छ। ‘भौगोलिक दूरी फरक रहे पनि सुख दुःखमा हामी नेपाली एक्कै ठाउँमा हुनुपर्छ’, उनले भने।

त्यस्तै पूर्व अरनिको यातायात प्रालिले दुई वटा बस जाजरकोट र पश्चिम रुकुमको दुई गरी चारवटा यात्रुबस त्यहाँका यात्रुको लागि निःशुल्क गरेको छ। बलेफी गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका समितिका अध्यक्ष केदार क्षेत्रीले बताए। भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायातले आग्रह गरेको छ। 

काठमाडौंको कोटेश्वर–जडीबुटीमा रहेको अरनिको बसपार्कबाट सो सेवा प्रदान गरिएको समितिले जनाएको छ। ती बसले पुगेन भने अरू बस पनि थप गर्ने अध्यक्ष क्षेत्रीले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतको अनुरोधमा काठमाडौंमा बसोबास गरिरहेका जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि बस निःशुल्क गरिएको उनले बताए।

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा गरी १ सय ५७ जनाको निधन भएको छ। सयौँ स्थानीय घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन्। मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.