प्रदेश सरकार र भरतपुर महानगरको समन्वयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने
हेटौंडा : चितवनमा विगत डेढ वर्षदेखि अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य पुन: सुरु हुने भएको छ।
मंगलबार हेटौंडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका बीचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको महानगरको पूर्वाधार विकास महाशाखाका प्रमुख सन्तोष आचार्यले जानकारी दिए।
प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गर्न लागिएको उनले बताए।
अहिले खेल हेर्न ठाउँ र खेल्ने पिच निर्माणका लागि ७० करोड लाग्ने अनुमान रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
३