स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा :  झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर– ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो ।  

पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.