लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा कविता प्रयोगिता

लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा कविता प्रयोगिता
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसर पारेर आँधीखोला गाउँपालिका -६ फापरथुमस्थित आनन्दआश्रम ज्ञान केन्द्र स्याङ्जाल अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिताको गरेको छ।

कविता वाचन प्रतियोगितामा प्रद्युम्न पनेरु माविकी छात्रा शिखा सुनार प्रथम,रजस्थल माविकी छात्रा सदीक्षा बराल द्वितीय,श्रवण माविकी छात्रा सुशीला पौडेल तृतीय र सेपत माविकी छात्रा सुजाता लामिछाने सान्त्वना भएका छन्।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्राहरूलाई क्रमशः पाँच हजार, तिन हजार, दुई हजार र एक हजार नगद पुरस्कार र सहभागी बिद्यार्थीलाई सम्मानपत्र र प्रोत्साहन स्वरूप जनही ५ सय रुपैयाँ प्रदान गरिएको छ।

‘व्यक्ति–व्यक्ति सिर्जनाकार : घरघर साहित्यकार’ भन्ने मूल नाराका साथ  गरिएको प्रतियोगितामा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. कृष्णराज अधिकारी, प्राज्ञ सभा सदस्य नारायण मरासिनी, गण्डकी साहित्य सङ्गम पोखराका अध्यक्ष भीम रानाभाट र प्रगतिशील लेखकसंघ स्याङ्जाका अध्यक्ष चिन्तु गिरी, ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकालले पुरस्कृत गर्दे शुभकामना मन्तव्य व्यक्त गरे। 

ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकालले परिवेश अनुरुपको चित्रण गरिएको सिर्जना यथार्थमूलक र सुन्दर हुने बताए। आश्रमबाट नियमित रुपमा यस्ता साहित्यिक कार्यक्रम हुँदै आएको र यो नवौं शृङ्खला भएको ज्ञान केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.