काठमाडौं : भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा कप्तान टेम्बा मभुमाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
आजको विजेताले नोभेम्बर १९ तारिखमा हुने फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले हिजो न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !