कांग्रेसबाट मेयरको उम्मेदवार बनेका चौधरी पक्राउ

कांग्रेसबाट मेयरको उम्मेदवार बनेका चौधरी पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

राजविराज : शम्भुनाथ नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार शुक्रबार पक्राउ परेका छन् । शम्भुनाथ नगरपालिका- ५ मोहनपुर निवासी ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रहरी कार्यालयले बिहीबार उजुरी दर्ता गर्दै शुक्रबार गिरफ्तार गरेको प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले बताए । घरमै सञ्चालन गरेको पीडितको पसलमा आइतबार आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

प्रहरीले आरोपितलाई हिरासतमा राखी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको अदालतले जनाएको छ । आरोपित गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार थिए ।

चार हजार एक सय ४३ मत प्राप्त गरी निकट्तम प्रतिद्वन्द्वी रहेका दिपेन्द नेकपा (एकीकृत समाजवादी)का जितेन्द्र प्रसाद गुप्ता कलवारसँग एक हजार दुई सय ४९ मतले पराजित भएका थिए ।

शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख गुप्ता कलवारलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र ७० हजार रुपियाँ जरिवाना तोकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.