५० कित्ता आईपीओ भर्न १८ हजार

बुक बिल्डिङमार्फत सर्वोत्तमको आईपीओ

५० कित्ता आईपीओ भर्न १८ हजार
सुन्नुहोस्

काठमाडौं : बुकबिल्डिङमार्फत जारी भएको पहिलो आईपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा १८ हजार रुपैयाँ जोहो गर्नुपर्ने भएको छ। १ हजार रुपैयाँमा १० कित्ता पाउने गरेकामा यो विशेष प्रक्रियामार्फत जारी आईपीओका लागि १८ गुणा बढी रकम चाहिने भएको हो।

प्रिमियम मूल्यमा खुलेका आईपीओका लागि सर्वसाधारणले प्रतिकित्ता ४ सय ३५ रुपैयाँसम्म तिरेका थिए। अर्थात् १० कित्ताका लागि साढे ४३ सय रुपैयाँ चाहिएको थियो। कानुनी व्यवस्थाअनुसार आईपीओ खुल्दा अहिले सर्वसाधारणले न्यूनतम १० कित्ता सेयर माग गर्न पाउँछन्। तर, बुक बिल्डिङमार्फत जारी हुने आईपीओमा भने कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ।

पहिलो बुक बिल्डिङको आईपीओमा योग्य संस्थागत लगानीकर्ताका लागि ‘कट अफ प्राइस’ प्रतिकित्ता ४ सय १ रुपैयाँ तय भएपछि सर्वसाधारणले आईपीओ किन्न १० प्रतिशत कम अर्थात् ३ सय ६० रुपैयाँ ९० पैसा तिर्नुपर्ने भएको हो। यसको अर्थ आईपीओ पर्ने सर्वसाधारणले १८ हजार ४५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। आवेदन दिने अवधिमा यति ब्यालेन्स कायम नभए आवेदन रद्द हुनेछ। 

यति ब्यालेन्स भए बाँडफाँट गर्ने अवधिसम्म रकम रोक्का हुनेछ।

नेपाल स्टक एक्स्चेन्जका (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीका अनुसार कट अफ मूल्य ४ सय १ तय भएसँगै सर्वसाधारणलाई पर्ने मूल्य टुंगो लागेको छ। व्यवस्थाअनुसार संस्थागत लगानीकर्ताले पेस गरेको बोलपत्रका आधारमा कायम मूल्यबाट १० प्रतिशत कममा सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने हुन्छ।

इतिहासकै पहिलो बुक बिल्डिङमार्फत जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्कासनमा ४१ योग्य आवेदकले ३६ लाख कित्ता सेयर माग गरेका छन्। कम्पनीले योग्य संस्थागत आवेदकका लागि २४ लाख कित्ता सेयर निष्कासन गरेकामा ४१ कम्पनीले ३६ लाख १९ हजार १ सय ९० कित्ता सेयर माग गरेका छन्।

यीमध्ये सबैभन्दा बढी सेयर खरिद माग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटी एक्स्प्रेस इन्भेसटमेन्ट, स्काइ टच इन्भेस्टमेन्ट कन्सल्ट्यान्ट र अल्का इन्भेस्टमेन्टले गरेका छन्। उनीहरूले अधिकतम ४ लाख ८० हजार कित्ता सेयर खरिद अर्डर दिएका हुन्। गोप्य आवेदनमा उनीहरूले प्रतिकित्ता ४ सय १ रुपैयाँका दरले सेयर किन्नइच्छा देखाएका छन्।

यसैगरी नागरिक लगानी कोषले प्रतिकित्ता ४ सय ५ रुपैयाँ दरले ४ लाख कित्त माग गरेको छ।

यता बढी मूल्यमा सर्वोत्तमको सेयर किन्ने इच्छा देखाउने संस्थागत लगानीकर्ता कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र कुमारी क्यापिटल हुन्। उनीहरूले प्रतिकित्ता ४ सय ६ रुपैयाँमा किन्ने बताएका थिए। धनवृद्धि योजनाले २० हजार, इक्विटी फन्डले १५ हजार र क्यापिटले ५ हजार कित्ताका लागि आवेदन दिएका थिए।

योग्य संस्थागत लगानीकर्ताका लागि ४ सय १ रुपैयाँदेखि ६ सय १ रुपैयाँ ५० पैसाको रेन्ज दिएको थियो। जसको तल्लो सीमाको वरिपरिमा सेयर किन्ने अर्डर आएको हो।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सो को मुल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ताले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्दछन्। त्यही आशय मूल्यको आधारमा बिक्री मूल्य सीमा (कट अफ मूल्य) निर्धारण हुन्छ। यो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्छन् भने सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम तिर्नुपर्नेछ।

कट अफ मूल्य भन्नाले यस्तो मूल्य हो, जुन मूल्यभन्दा बढी कबोल गर्ने योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरे सबै विक्री हुनेछ। सोहीअनुसार सर्वोत्तमको आईपीओ ४ सय १ भन्दा बढीमा खरिद गर्ने आशय व्यक्त गर्ने संस्थागत लगानीकर्तालाई उनीहरूले माग गरेको अनुपातमा बाँडफाँट हुने भएको छ। पहिलो बुक बिल्डिङको आईपीओ जारी गर्ने कामको नेतृत्व ग्लोबल आईएमई क्यापिटलले गरिरहेको छ।

योग्य आवेदनको बन्द शिलबन्दी आवेदन सोमबार बिहान खोलिएको थियो। सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो। सर्वाेत्तम सिमेन्टले सुरुमा प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेकामा पछि संशोधन भएर प्रतिकित्ता ४ सय १ देखि ६ सय १ रुपैयाँ ५० पैसाको रेन्ज पाएको थियो।

योग्य संस्थागत लगानीकर्तार्ला मंसिर ६ देखि १० गतेसम्म बोलकबोल पेस गरेका थिए।

सर्वोत्तमले जारी गर्ने ६० लाख कित्ता आईपीओमध्ये ४० प्रतिशतका लागि योग्य संस्थागत आवेदकले प्रतिस्पर्धा गरेका हुन्। बाँकी ६० प्रतिशतमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२.९०३ प्रतिशत ६० करोड रुपैयाँबराबर आईपीओ जारी गर्दै छ।

योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासनपछि बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।

योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको विवरण ७ दिनभित्र नेपाल धितोपत्र बोर्डमा बुझाउनुपर्ने व्यवस्था छ। बोर्डको स्वीकृतिपछि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ जसअघि सर्वसाधारणलाई सबै कुरा खुलाएर नयाँ विवरणपत्र पेस गर्नुपर्छ। बोर्डले स्वीकृति दिएको ७ दिनभित्र आह्वान–पत्र प्रकाशन गर्नुपर्नेछ । कम्पनीको आईपीओमा ५० कित्ताभन्दा कम आवेदन दिन मिल्दैन।

आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ। सर्वोत्तमको नवलपरासी सुनवलमा अवस्थित उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.