सुभांगीलाई स्वर्ण
काठमाडौं : काठमाडौंकी सुभांगी श्रेष्ठले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। शुक्रबार भएको सिनियर महिलाको ५७ केजी तौल समूहमा सीतापाइला तेक्वान्दो डोजाङकी सुभांगीले मेनुकला राईलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। यसैगरी जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा कञ्चनपुरका भूपेन्द्र ठकुरीले स्वर्ण जिते। उनले दीलिप स्मृतिका कैलाश थापालाई पराजित गरे।
सिनियर पुरुष ५४ केजीमुनि ढल्कोका अर्पण लामा, ५८ केजीमुनि नेपाल आर्मीका रुमित राउत, ६३ केजीमुनि आर्मीका शुक्रबहादुर विक, ८७ केजीमाथि आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनि आर्मीका मोहन तामाङ र ८० केजीमुनि आर्मीका सुवास केसीले पहिलो स्थान हात पारे। जुनियर पुरुष ४८ केजीमुनि दीलिप स्मृतिका सिसम श्रेष्ठ पहिलो भए। तीन दिने प्रतियोगितामा पुम्से र ग्योरोगीमा जम्मा ७२ स्वर्णका लागि ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।