वेयर हाउजिङको आईपीओ बाँडफाँट आज
काठमाडौं : नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ बाँडफाँड बुधबार हुने भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बिहान १० बजे बाँडफाँड हुनेछ।
वेयर हाउजिङको आईपीओमा आवेदन दिने ११ लाख ४३ हजारको हात खाली हुनेछ। आईपीओ कुल १२ लाख ५७ हजार ७ सय ५६ जना आवेदकले आवेदन दिएका छन्। सीडीएससीका अनुसार निर्धारित अवधिमा सेयर पाउनेभन्दा ११ लाख ४३ हजार बढीले आवेदन दिएका हुन्।
कुल १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख ४३ हजार ३ सय ९० कित्ता सेयर माग भएको थियो। जबकि १०–१० कित्ताका दरले सो सेयर १ लाख १४ हजार १ सय २५ जनालाई पर्नेछ। बाँकी ११ लाख ४३ हजारको हात खाली हुनेछ।
आवेदन परेको सेयर संख्या कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरको ११.९५ गुणा बढी हो। कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ। कम्पनीले २७ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि तथा ६८ हजार ७ सय ५० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।