सेयर बजार घट्ने क्रममा निरन्तरता
काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन अर्थात् आइतबार र सोमबार नेप्से परिसूचक घटेकामा मंगलबार पनि १०.१० अंकले गिरावट आएको हो।
नेप्से मंगलबार ०.५४ प्रतिशतले घटेर १८३७.७१ बिन्दुमा पुगेको छ। नेप्से घटेको दिन ३८ हजार ५८४ पटकको कारोबारमार्फत २ सय ९२ स्क्रिप्टको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८ रुपैयाँमा खरिदबिक्री भए। त्यसमध्ये सबैभन्दा बढी माउन्ट इनर्जीको ३६ करोड रुपैयाँको कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १२ समूहको उपसूचक घटे। ६२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६१ वटाको घटेका छन् भने १४ वटाको मूल्य स्थिर रहे। यसदिन सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जीको लगानीकर्ताले कमाए।
कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा सिभिल बैंक डिबेन्चर २०८८ को भाउ ७.३६ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को ४.२९ प्रतिशत, माहुली लघुवित्त संस्थाको ३.९२ प्रतिशत र सेन्चुरी डिबेन्चर २०८८ को ३.६२ प्रतिशतले बढेको छ। यसैगरी विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए। कम्पनीको मूल्य ९.५३ प्रतिशतले घट्यो। माउन्टेन इनर्जी नेपाल र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बढीले ओरालो लाग्यो। बढी गुमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर र एनआईसी एसिया डिबेन्चरका लगानीकर्ता पनि रहे।