८ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं : नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुन ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। यसदिन चाँदी प्रतितोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १५ सय रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया दिनुहोस !