तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ केजी ५९० ग्राम सुन बरामद, ३ विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ केजी ५९० ग्राम सुन बरामद, ३ विदेशी नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ६ किलो सुन बरामद भएको छ। १४ किलो सुन समातिएको केही दिनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति ६ केजी ५९० ग्राम सुन बरामद भएको  विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको उडान नम्बर ५७३ बाट पौने १ बजे आएका ३२ वर्षीय इजिप्टका नागरिक शेरिफ मोहम्मद लसिन (SHERIF MOHAMED  LASHIN) को साथबाट ६ केजी ५९० ग्रामसहित सुन बरामद गरिएको हो । 

उनको साथमा ६ वटा विस्कुट आकारको अर्घ ठोस अवस्थामा फेला परेको छ। चन्दले अन्नपूर्णसँग भने, 'सूचनाका आधारमा भन्सार क्रस भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटमा प्रहरी खानतलासी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। हाफ ज्याकेटमा फल्स बटम बनाएर उनले सुन ल्याएका थिए।’

इजिप्टका नागरिकको साथमा रहेका दुई जना सुडानी नागरिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको तर उनीहरु संलग्न भए/नभएको अनुसन्धान पश्चात पुष्टि हुने चन्दले बताए।

यसअघि बिहीबार राति ११:४० मा दुबईबाट आएको फ्लाई दुबईको उडान नम्बर ५७३ बाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। प्रहरी र भन्सारका कर्मचारीले भन्सार एरियाबाट उनलाई पक्राउ गरेका हुन् । 

गोरखाका घलेलाई नियन्त्रणमा लिएपछि उनले उक्त सुन गोरखाकै मीनबहादुर घलेको हो भनेर बताएका थिए। सोही आधारमा मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको छ।

मीनबहादुर घले सुनचाँदी खरिद बिक्री गर्ने व्यवसायमा संलग्न व्यक्ति हुन्। विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी ठकुरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएको १४ किलो सुन लिन चन्द्र घले भिजिट भिसामा दुबई गएको खुलेको छ। उनले मीनबहादुरको योजनामा काम गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

बरामद भएको १४ किलो सुन प्रकरणबारे घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन भएको छ। छानबिन समितिको संयोजकमा भन्सार कार्यालयका अधिकृत मनिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका छन्। उनीहरूले घटनाको छानबिन गरेर पाँच दिनभित्र प्रतिवेदन बुझाउनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.