‘गठबन्धन सरकार आफैं ढल्दै छ’

‘गठबन्धन सरकार आफैं ढल्दै छ’
दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै एमाले अध्यक्ष केपी ओली ।  तस्बिर सौजन्य : दिनेश भण्डारी

काठमाडौंं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताएका हुन्।

गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीले बताए।

एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनी गरिएको प्रचारको ओलीले कार्यक्रममा आलोचना गरे। एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएको कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताए। नेकपा एमाले एउटा राष्ट्रिय लक्ष लिएर अघि बढेकाले त्यसमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको ओलीले प्रष्ट पारे। 

ओलीले आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको बताए। अर्काको दरबार देखेर धनी नहुने बताउँदै ओलीले युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनुपर्ने बताए। विभिन्न व्यवसाय सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए। 
राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उनले बताए। ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’, ओलीले भने। null

जनताको अभिमतबाट एमालेले सरकार बनाएको र देशका विकासको अभियान चलाएको अवस्थामा विदेशीका सामु लम्पसार परी उनीहरूको कम्फरटेबल बनिदिन्छौं भनेर एमालेको सरकार हटाउने काम गरिएको ओलीले बताए। एकीकृत भइसकेको पार्टी पटक–पटक फुटाउने काम गरिएको ओलीले टिप्पणी गरे। 

नेपाल कम्युनिस्ट पार्टी अदालतले नभई बिखण्डनकारीले फुटाउने काम गरेको ओलीले बताए। त्यसैले बिखण्डनकारीको पक्षमा नलाग्न ओलीले आग्रह गरे। ‘एमालेबाहेक वामपन्थी पार्टीमा कुनै कार्यकर्ता हुनुहुन्छ भने त्यो गलत बाटोमा नहिँड्नुस्, झिँगाको पछि किन लाग्ने फोहोरको डंगुरमा जान’, उनले भने। 

ओलीले अहिले देश गम्भीर अवस्थामा पुगेको बताए। त्यसबाट देशलाई फर्काउनु पर्ने र त्यसकै लागि लागि समृद्धिका लागि संकल्प अभियान चलाएको उहाँँले प्रष्ट पारे। ‘देश अप्ठेरो स्थितिमा छ, गम्भीर रोग लागि सकेको छ देशमा’, ओलीले भने। 

ओलीले नेकपा एमालेको लक्ष्य सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताए। देशले अब यो सरकारको गतिविधि थेग्न नसक्ने उनले प्रष्ट पारे। ‘यो सरकार कसैले ढाल्ने नपर्ने, आफैंं ढल्ने स्थितिमा पुगेको छ’, ओलीले भने। 

ओलीले प्रचण्ड र शेरबहादुर देउवाकै कारण शान्ति प्रक्रिया नटुंगिएको बताए। एमाले पीडितको न्यायका पक्षमा शान्ति प्रक्रिया टुंग्यायाउनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए। ‘प्रचण्डजी र शेरबहादुरजीले शान्ति प्रक्रिया टुंग्याउन दिनुभएन’, ओलीले  भने। 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिका लागि संकल्प यात्रामा  छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.