समृद्धिको लागि संकल्प यात्रामा तीनलालको जिल्लाको सन्देश

समृद्ध रामेछाप बनाउन एमाले अध्यक्ष ओलीलाई २४ बुँदे संकल्प पत्र (पूर्णपाठ)

रामेछाप नगरपालिका गंगालाल र पुष्पलालको नामबाट नामाकरण गर्नुपर्ने

समृद्ध रामेछाप बनाउन एमाले अध्यक्ष ओलीलाई २४ बुँदे संकल्प पत्र (पूर्णपाठ)
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकल्प पत्र हस्तान्तरण गर्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ।

काठमाडौं : नेकपा एमाले रामेछापले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २४ बुँदे संकल्प पत्र बुझाएको छ। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को क्रममा सोमबार रामेछाप आइपुगेका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीलाई जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले  रामेछापको समृद्धिका लागि संकल्प पत्र हस्तान्तरण गरेका हुन्।

null

एमालेले समृद्ध रामेछाप, सुखी रामेछापबासी बन्न भौतिक पूर्वाधार, आर्थिक,  सामाजिक, शैक्षिक क्षेत्रका सवालमा काम गर्न सकिने सम्भावना रहेको जानकारी गराउँदै सहयोग, समन्वय एवं आवश्यक पहलका लागि अनुरोध गरेको छ। गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको अभाव, स्वास्थ्य, सडक, पूर्वाधार, सिँचाई, खानेपानी, लगायत विभिन्न सेवामा पहुँचको कमीले गर्दा जीवन सुरक्षाको ग्यारेण्टी नहुँदा पहाड छाड्नुको मुख्य कारण बनेको संकल्प पत्रमा उल्लेख छ।

एमालेले गंगालाल र पुष्पलालको जन्मस्थल रहेको रामेछाप नगरपालिकाको नाम उनीहरुको नामबाट नामाकरण गर्न माग राखेको छ। संकल्प पत्रमा भनिएको छ, ‘रामेछाप नगरपालिकाको भँगेरी स्थित पुष्पलालको जन्मस्थलमा निर्माणाधीन पुष्पलाल पार्क बजेट अभावका कारण निर्माणमा ढिलाई भइरहेकोले आवश्यक बजेट विनियोजन गरी समयमै कार्य सम्पन्न गर्नुपर्ने, गंगालाल र पुष्पलालको जन्मस्थल रहेको रामेछाप नगरपालिकाको नाम उहाँहरुको नामबाट नामाकरण गर्नुपर्ने।’

एमालेले ठोसे फलामखानी, विभिन्न ठाउँमा रहेका तामाखानी, स्लेट ढुंगा खानी, खरिढुंगा, चुनढुंगा लगायतका खानी र उद्योग सञ्चालन गरी देशको समृद्धिमा योगदान गर्नुपर्ने उल्लेख गरेको छ। संकल्प पत्रमा एमालेले मन्थली–हलेदे–धोवी–ढाडे हुँदै ओखलढुंगाको खिजिदेम्बाबाट सोलुको सल्लेरी सगरमाथा लोकमार्गको रुपमा स्तरोन्नती गरी पर्यटन प्रवर्द्धन विकास गर्नुपर्नेमा जोड दिएको छ।null

‘जिल्लाभित्र रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरू सैलुङ, गिद्धे, तामे, देउराली, जटापोखरी, सेर्दिङ, गुम्देल उमातिर्थ, थानापति, खाँडादेवी, त्रिवेणी, केवलेश्वर, विश्वामित्र गुफा, अग्लेश्वरी, सुनापति, नर्वदेश्वर लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा पहुँच मार्ग सहित संरक्षण र प्रर्द्धननको काम गरी पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने छ।’ संकल्प पत्रमा भनिएको छ, ‘जिल्लामा रहेका नदीनालाबाट प्रचुर मात्रामा जलविद्युत उत्पादन गर्न सकिने अवस्थालाई दृष्टिगत गरी लिखु, खिम्ती, तामाकोशी लगायतका नदी किनार करिडोरका आधारमा ५ वर्ष भित्र सडक पूर्वाधारको निर्माण गरी जलविद्युत लगानीकर्तालाई आवश्यक वातारण बनाउने तथा पर्यटन प्रर्द्धननको आधार तयार गर्नुपर्ने साथै खिम्ति खोला, लिखु, तामाकोशी, सुनकोसी तथा अन्य साना, मझौला जलविद्युत परियोजना सञ्चालनको लागी लगानीको वातावरण बनाइ कार्यान्वयनमा ल्याउनु पर्छ।’

हेर्नुहोस् एमाले रामेछापको समृद्धिका लागि संकल्प पत्र

समृद्धिका लागि : संकल्प यात्रा

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि : संकल्प यात्रा – २०८०
सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको समृद्धिका लागि संकल्प पत्र

श्रद्धेय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री क.केपी शर्मा ओलीज्यू लगायत श्रद्धेय नेता कमरेडहरु 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको जिल्ला रामेछापमा स्वागत गर्न  पाउँदा गर्वानुभूति भएको छ। महान परिवर्तनका लागि जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरूप्रति यस अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। नेपालको राजनीतिक आन्दोलनमा अहम् भूमिका निर्वाह गर्नुहुने रामेछापका सपुतहरू गङ्गालाल श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क पुष्पलाल र राणा शासन विरुद्ध कलम चलाउने मकै खेतीका लेखक साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारी (जसलाई रामेछापका तीनलाल भनेर चिनिन्छ) प्रति विशेष सम्मान प्रकट गर्दछु। 

समृद्ध नेपाल, सुखी नेपालीको मूल सपना र लक्ष्य पूरा गर्ने योजनाका साथ २०८० मंसिर १४ गतेबाट बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ (पुष्पलाल मध्यपहाडी लोकमार्ग) समृद्धिका लागि संकल्प यात्रा–२०८० को सन्दर्भमा रामेछाप आइपुग्नु भएकोमा श्रद्धेय अध्यक्ष लगायत सम्पूर्ण नेतागणहरूप्रति उच्च सम्मानको साथ सम्पूर्ण रामेछापवासीको तर्फबाट स्वागत व्यक्त गर्दछु।  

गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको अभाव, स्वास्थ्य, सडक, पूर्वाधार, सिँचाई, खानेपानी, लगायत विभिन्न सेवामा पहुँचको कमीले गर्दा जीवन सुरक्षाको ग्यारेण्टी नहुनु पहाड छाड्नुको मुख्य कारण बनेको छ। रामेछाप जिल्लाका ८ वटा स्थानीय तह र त्यस अन्तर्गतका ६४ वटा वडाहरूको तर्फबाट समृद्ध रामेछाप, सुखी रामेछापवासी बन्न देहायका भौतिक पूर्वाधार, आर्थिक,  सामाजिक, शैक्षिक क्षेत्रका सवालमा काम गर्न सकिने सम्भावना रहेको ब्यहोरा अवगत गराउँदै सहयोग, समन्वय एवं आवश्यक पहलका लागि विशेष अनुरोध गर्दछु।

  • १. मध्यपहाडी पुष्पलाल लोकमार्गको हालको नक्सा परिवर्तन गरी काभ्रे र रामेछापको सिमाना चौँरीखोला हुँदै गाल्पा भञ्ज्याङबाट सदरमुकाम मन्थली–पुष्पलालको जन्मथलो भँगेरी–साँघुटार हुँदै ओखलढुङ्गाको सदरमुकामबाट खोटाङ दिक्तेल जोड्नु पर्ने, मध्यपहाडी लोकमार्गको राइट अफ वे १५ मिटर कायम गरी सडकको लागत कट्टा गनुपर्ने, लोकमार्ग आसपासको क्षेत्रमा कृषि, पर्यटन, उद्योग र आइटी विशेष केन्द्र निर्माण गरी रोजगार प्रर्द्धननका योजना बनाउनु पर्ने, साथै पिच हुने क्रममा रहेका रामेछापको खिम्ती, बेताली–गर्जाङ, सेलेघाट–रामेछाप–सालु–साँघुटार,   मन्थली–हलेदे–धोबी–ढाँडे, पकरबास–दोरम्बा, सित्खा–गोगनपानी–धुलेबेसी–मेगर्पा–भदौरे–भोटनागी, मन्थली–गेलु–फुलासी–दोरम्बा सडकहरूको काम ढिलो गतिमा भइरहेकोले निर्माणकार्यलाई चाँडो सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्नुपर्ने   
  • २. सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणले तल्लो तटीय क्षेत्रको खानेपानी, सिँचाईँ तथा पर्यावरणीय क्षेत्रमा पार्ने असर र प्रभाव अध्ययन गरी यथोचित सम्बोधन गर्नुपर्ने 
  • ३. प्रशासनिक भवन निर्माण गर्न बाँकी रामेछापका ६ वटा स्थानीय तहमा भवन निर्माण गरी जनतालाई सहज र प्रविधियुक्त सेवा प्रवाह गर्नुपर्ने 
  • ४. जिल्लाका रणनीतिक महत्वका हरेक वडाबाट गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तथा लोक मार्गसँग जोड्ने सडक सञ्जाललाई व्यवस्थित गर्दै क्रमशः पिच गर्न बृहत गुरुयोजना बनाई कार्यान्वयनमा प्राविधिक सहयोग एवं पर्याप्त बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने  
  • ५. जिल्ला भित्र रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरू सैलुङ, गिद्धे, तामे, देउराली, जटापोखरी, सेर्दिङ, गुम्देल उमातिर्थ, थानापति, खाँडादेवी, त्रिवेणी, केवलेश्वर, विश्वामित्र गुफा, अग्लेश्वरी, सुनापति, नर्वदेश्वर लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा पहुँच मार्ग सहित संरक्षण र प्रर्द्धननको काम गरी पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने  
  • ६. जिल्लामा रहेका नदीनालाबाट प्रचुर मात्रामा जलविद्युत उत्पादन गर्न सकिने अवस्थालाई दृष्टिगत गरी लिखु, खिम्ती, तामाकोशी लगायतका नदी किनार करिडोरका आधारमा ५ वर्ष भित्र सडक पूर्वाधारको निर्माण गरी जलविद्युत लगानीकर्तालाई आवश्यक वातारण बनाउने तथा पर्यटन प्रर्द्धननको आधार तयार गर्नुपर्ने साथै खिम्ति खोला, लिखु, तामाकोशी, सुनकोसी तथा अन्य साना, मझौला जलविद्युत परियोजना सञ्चालनको लागी लगानीको वातावरण बनाइ कार्यान्वयनमा ल्याउनु पर्ने
  • ७. नेकपा एमालेको पहलमा रामपुर कोलन्जोर घाटमा सुनकोशी नदीमा पुलको टेण्डर भइसकेको अवस्था छ। त्यस्तै साँघुटार–सिरीसे–भुजी–बाम्ती सडक निर्माणमा प्राथमिकता दिनु पर्ने,  सालु–धोबी–गुम्देल सडक निर्माण,स्तरोन्नति र विकास गर्नुका साथै ती सडकहरुलाई पर्यटकीय सडकको रूपमा विकास गर्न आवश्यक पूर्वाधार र संरचना निर्माण  गर्नुपर्ने 
  • ८. मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पतालमा स्तरोन्नती तथा प्रत्येक गाउँपालिकामा कम्तीमा विशेषज्ञ चिकित्सक सहितको २५ शैयाको र नगरपालिकामा ५० शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, प्रत्येक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याई कमजोर आर्थिक अवस्था भएका नागरिकको स्वास्थ्य बिमाको ५० प्रतिशत रकम राज्यको तर्फबाट तिर्ने व्यवस्था मिलाउनु पर्ने। स्वास्थ्य, शिक्षा र रोजगारमा जनताको सर्वसुलभ पहुंच बृद्धि गर्नु पर्ने  
  • ९. कृषि र पशुपालनको सम्भावना रहेको यस जिल्लामा पकेट क्षेत्रको पहिचान गरी व्यवसायिक कृषि तथा पशुपालन सम्बन्धी कार्यक्रम सञ्चालन गरी स्वरोजगार सिर्जना गर्नुपर्ने र कृषि तथा पशु बिमा कार्यक्रम अनिवार्य गरी किसानको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, 
  • १०. रामेछापको पहिचानको रुपमा रहेको जुनार तथा किविको ताजा जुस, स्क्वास उत्पादन गरी निर्यातको प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने, त्यस्तै आलु, अलैँची, चिया लगायतका कृषि जन्य बस्तुहरूको निर्यातमा सहयोगात्मक र प्रवद्र्धनात्मक कार्यक्रम बनाउनु पर्ने  
  • ११. घ्याप्चे, डोरखानी, भुजी लगायत विभिन्न ठूला पहिरोले क्षति पुर्‍एका खेतीयोग्य जमिन संरक्षणका लागि योजना निर्माण गरी पहिरो नियन्त्रणमा सहयोगको कार्य गर्नु पर्ने 
  • १२. तामाकोशी, सुनकोसी, खिम्ती खोला, लिखु खोला, भेटौली खोला र मिल्ती खोला लगायतका पानीलाई लिफ्ट सिँचाइ, नहर सिँचाइको योजना बनाइ सुख्खा जमिनमा सिँचाईको व्यवस्था मिलाएर कृषि उत्पादनमा जोड दिनु पर्ने 
  • १३.जलवायु परिवर्तनको कारण जिल्लाको दक्षिणी–पश्चिमी भाग थप सुख्खा बन्दै गइरहेकोले प्राविधिक अध्ययन गरी बस्तीको माथि, पहाडको तल ठुला नाला तथा पोखरी निर्माण गरी रिचार्ज सिस्टमको विकास गर्नुपर्ने 
  • १४. जिल्लामा रहेका बजार तथा स्थानीय तहका केन्द्रहरूलाई एकीकृत आवास तथा साना सहरको रूपमा विकास गरी सहरमा सडक बत्ती, नगर यातायात, सुरक्षा, सार्वजनिक शौचालय, पार्कहरू एवं पुस्तकालयको समेत प्रबन्ध गरिनु पर्ने 
  • १५. गौरीशङ्कर वन्यजन्तु आरक्षण क्षेत्रलाई प्राकृतिक, चिडियाखानाको रूपमा विकास गरी बन्यजन्तुले क्षति पुर्‍एका प्रभावित क्षेत्रका स्थानीयको उचित व्यवस्थापन गर्नुपर्ने 
  • १६. जिल्ला भित्र रहेका पुरातात्विक महत्वका मठ–मन्दिर, गुम्बा, गुठीलाई राष्ट्रिय सम्पदाको रूपमा स्थापना गरी धार्मिक पर्यटनको रूपमा विकास गर्ने तथा लोपोन्मुख विभिन्न जातजातिका भाषा तथा संस्कार र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गर्नुपर्ने 
  • १७. घर–घरमा बिजुली जनजनमा शेयर नीति लागु गर्दै लगानी प्रतिफलका दृष्टिले आकर्षक जलविद्युत परियाजनामा जनतासँगको संयुक्त लगानी प्रवद्र्धनको नीतिलाई पहल गर्नुपर्ने, साथै जलविद्युत आयोजना र स्थानीय बिच देखिने गरेका समस्या समाधानको लागि आवश्यक नीति बनाई ब्यवहारिक कार्यान्वयन गर्नुपर्ने 
  • १८. ठोसे फलामखानी, विभिन्न ठाउँमा रहेका तामाखानी, स्लेट ढुंगा खानी, खरिढुंगा, चुनढुंगा लगायतका खानी र उद्योग सञ्चालन गरी देशको समृद्धिमा योगदान गर्नुपर्ने 
  • १९. सहकारी क्षेत्रलाई नियमन र क्षमता अभिवृद्धिमा कार्य गरी उनीहरूलाई समुदाय प्रति जबाफदेही बनाउँदै गुणस्तरीय कार्य गर्न सक्षम बनाउनु पर्ने 
  • २०. जिल्लामा पत्रकारहरुले नै सानो लगानीमा सञ्चालन गरेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वन गरी दीगो रुपमा सञ्चालनको वातावरण निर्माण गर्नुपर्ने  
  • २१. सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरी थप लक्षित समुदायलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्दै प्रत्येक गाउँपालिका र नगरपालिका तहमा ज्येष्ठ नागरिक आवास गृह निर्माण गरी ज्येष्ठ नागरिकलाई विश्राम, मनोरञ्जन र निःशुल्क आवास सुविधा उपलब्ध गराउने कार्य अघि बढाउनु पर्ने 
  • २२. राष्ट्रिय अर्थतन्त्रको विकास, स्वाधिन अर्थतन्त्र निर्माण, राष्ट्रिय भावना विकास गर्न युवा वेरोजगारी अन्त्य, युवा पलायन नियन्त्रण, बसाईँसराइ नियन्त्रण गरी पहाडमा बस्ने वातावरण बनाउन कृषिमा आधारित उद्योग सञ्चालनमा प्रोत्साहन गर्नुपर्ने 
  • २३. मन्थली–हलेदे–धोवी–ढाडे हुँदै ओखलढुंगाको खिजिदेम्बाबाट सोलुको सल्लेरी सगरमाथा लोकमार्गको रुपमा स्तरोन्नती गरी पर्यटन प्रर्द्धनन विकास गर्नुपर्ने 
  • २४. रामेछाप नगरपालिकाको भँगेरी स्थित पुष्पलालको जन्मस्थलमा निर्माणाधीन पुष्पलाल पार्क बजेट अभावका कारण निर्माणमा ढिलाई भइरहेकोले आवश्यक बजेट विनियोजन गरी समयमै कार्य सम्पन्न गर्नुपर्ने, गंगालाल र पुष्पलालको जन्मस्थल रहेको रामेछाप नगरपालिकाको नाम उहाँहरुको नामबाट नामाकरण गर्नुपर्ने  ।

धन्यवाद।

आनन्द कुमार श्रेष्ठ
अध्यक्ष
नेकपा (एमाले) जिल्ला कमिटी, रामेछाप
२५ मङ्सिर २०८०, तीनलाल पार्क, मन्थली –१, रामेछाप।

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.