सेयर बजारमा उतारचढाव

नेप्से परिसूचक ६.५५ अंकले बढ्यो, कारोबार रकम भने घटयो

नेप्से परिसूचक ६.५५ अंकले बढ्यो, कारोबार रकम भने घटयो

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन २.६० अंकले बढेको नेप्से आज ६.५५ अंकले बढेको हो।

दिनभरको उतारचढावका बीच नेप्से परिसूचक ६.५५ अंकले बढेर  १९९४.६० विन्दुमा बन्द भएको छ। 

सेन्सेटिभ इण्डेक्स ०.२६  प्रतिशतले बढेको छ।

३०० स्क्रिप्टको  ९५ लाख ३५ हजार ७८६  कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँमा खरिदबिक्री भए।  बजार सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घट्यो।

बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। त्यसअघि मंगलबार नेप्से परिसूचक ३६.८६ अंकले बढ्दा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको सेयर किनबेच भएको थियो। 

यसैगरी साताको दोस्रो कारोबार दिन सोमबार ४ अर्ब  ८४ करोड बढीको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन  आइतबार भने तीनपटक सक्रिट ब्रेक लागेर दिनभरका लागि कारोबार नै बन्द भएको थियो।

यसदिन ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,नेपाल हाइड्रो डेभलपमेन्ट,नेपाल रिपब्लिक  मिडिया,नेपाल इन्स्योरेन्स,मिड सोल हाइड्रोपावरलगायत ८ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभमा कारोबार भयो।

आज गुराँस लघुवित्तीय वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सो कम्पनीको ४.९८ प्रतिशतले सेयर मूल्य ओरालो लाग्यो। कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्षस्थानमा रहयो। सो कम्पनीको १५ करोड मूल्य बढीको सेयर कारोबार भयो।

यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड,शिवम् सिमेन्टको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटाको सूचक बढ्यो भने पाँचको मूल्य  घट्यो।

आज १४० कम्पनीको मूल्य बढ्दा ९१ वटाको घट्यो भने १० को स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.