मानव तस्करीमा अध्यागमनका कर्मचारीको संलग्नता, प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म मोलमोलाई

मानव तस्करीमा अध्यागमनका कर्मचारीको संलग्नता, प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म मोलमोलाई

अहिले पनि अध्यागमनबाट हुने मानव तस्करी रोकिएको छैन। एकपटक गएर फर्किएकाहरूलाई अध्यागमनका कर्मचारीले आर्थिक लाभ लिएर मलेसिया र खाडीका मुलुकका लागि प्रस्थान अनुमति दिइरहेको स्रोतले बताएको छ।

काठमाडौं : अध्यागमनसँग सेटिङ मिलाएर मानव तस्करी गर्ने ट्राभल एजेन्सीका सञ्चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा रहेको एड्भिका टुर्स एण्ड ट्राभलका सञ्चालक ३२ वर्षीय बुद्ध लामा र सेटिङान संलग्न रहेका २६ वर्षीय कमलराज हमाललाई पक्राउ गरेको हो। 

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया, खाडी मुलुक जान कडाइ गर्दै आएको छ। गृह मन्त्रालयले ट्राभल हिस्ट्री नभएकाहरूलाई थाइल्यान्ड, सिंगापुर, रोमानिया, रसियालगायत मुलुकमा जानसमेत रोक लगाउँदै आएको छ। तर, ट्राभल एजेन्सी र एयरलायन्सको सेटिङमा अध्यागमनका कर्मचारीले भिजिट भिसा भएकाहरूलाई प्रस्थान अनुमति दिइरहेका छन्। अहिले पनि अध्यागमनबाट हुने मानव तस्करी रोकिएको छैन। एकपटक गएर फर्किएकाहरूलाई अध्यागमनका कर्मचारीले आर्थिक लाभ लिएर मलेसिया र खाडीका मुलुकका लागि प्रस्थान अनुमति दिइरहेको स्रोतले बताएको छ।

मानव तस्करीमा अध्यागमनका अधिकृतहरू संलग्न भएको थाहा हुँदासमेत गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई र अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङले त्यसलाई रोक्न तदारुकता देखाएका छैनन्।

अध्यागमनका कर्मचारीहरू ठूलो रकम मोलमोलाई गरी मानव तस्करीमा संलग्न रहेका छन्। मानव तस्करीमा अध्यागमनका अधिकृतहरू संलग्न भएको थाहा हुँदासमेत गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई र अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङले त्यसलाई रोक्न तदारुकता देखाएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश जाने १ हजार ५१३ जनाको पासपोर्ट जफत गरेको हो। त्यसमध्ये २४६ जनाको कागजात शंकास्पद् देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार उनीहरूले अध्यागमनलाई ४० हजारदेखि ५५ हजारसम्म र एयरलायन्सलाई प्रतिव्यक्ति १० हजार दिने गरेका थिए। उनीहरूले नामावली पठाएपछि अध्यागमन अधिकृतले भिजिट भिसामा प्रस्थान अनुमति दिँदै आएका थिए। 

अध्यागमनका कर्मचारीले भिजिट भिसामा प्रस्थान अनुमति दिन ट्राभल एजेन्सीसँग ठूलो रकम मोलमोलाई गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सेटिङका संलग्न रहेका एक जना अध्यागमन अधिकृतले प्रहरीले नियन्त्रमा लिइसकेको छ भने अन्य अध्यागमनका कर्मचारीहरूमाथि समेत अनुसन्धान सुरू गरेको प्रहरी स्रोतले जनाएको छ। 

प्रहरीले उनीहरूको साथबाट नक्कली कागजात, प्लस टूको सर्टिफिकेट, श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्टसमेत नक्कली फेला पारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.