मानव तस्करीको आशंकामा ३०० भारतीय बोकेको विमान फ्रान्समा अवतरण

मानव तस्करीको आशंकामा ३०० भारतीय बोकेको विमान फ्रान्समा अवतरण
सुन्नुहोस्

नयाँ दिल्ली : करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ ।

समाचार एजेन्सी एएफपीले पेरिसका एक अधिकारीलाई उद्धृत गर्दै विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू 'मानव तस्करीको शिकार' हुन सक्ने बताएको छ।

यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ । इन्धन भर्न यहाँ ल्याएको थियो । यो ए३४० विमान रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सले सञ्चालन गरेको जानकारी दिइएको छ ।

एएफपीका अनुसार यस समाचारको जानकार स्रोतका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.