दक्षिणी भियतनाममा मङ्की पक्सबाट ६ जनाको मृत्यु
![दक्षिणी भियतनाममा मङ्की पक्सबाट ६ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/monkeypox_20220831065918_QdlfC4YCDY_4Qr190if01.jpg)
भियतनामको दक्षिणी इलाकामा मङ्की पक्स सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । साथै सङ्क्रमणबाट ११७ बिरामी परेको हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले जानकारी दिएको छ ।
संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ।
हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जनाकरी दिएका छन् । तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् ।
गत अक्टोबरमा भियतनामा मङ्की पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)