गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने पुटिनको प्रतिबद्धता
इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह
![गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने पुटिनको प्रतिबद्धता](https://annapurnapost.prixacdn.net/media/albums/vladimir-putin-action-against-gay-propaganda-5823384bcaaa27.30919644_cCzStFssaO_YQrnXdW4H.jpg)
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन्।
राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताएका हुन् ।
यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले 'रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान' चाहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)