लप्चीवासीलाई भालुबाट खाद्यान्न जोगाउन मुस्किल

लप्चीवासीलाई भालुबाट खाद्यान्न जोगाउन मुस्किल
फाइल तस्बिर।
सुन्नुहोस्

दोलखा : दोलखाको लप्चीका बासिन्दालाई चितुवा र भालुबाट खाद्यान्न तथा घरपालुवा पशु जोगाउन मुस्किल भएको छ। चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको बिगु गाउँपालिका–१  लप्चीमा ४६ घरधुरी र झन्डै १ सय ५० जनसंख्या रहेका छन्।

उनीहरूमध्ये चौंरीपालन गर्ने झन्डै १४ घरधुरीका बासिन्दा  मंसिर पहिलो साताबाट चिसोमा जोगिन र चौंरीका लागि चरनक्षेत्र खोजी गर्दै वडा नम्बर– १ कै पर्ने लुम्नाङमा बसाई सर्ने गर्छन्। 

बसाइँसराइको क्रममा भालु तथा चितुवाले आक्रमण गरी धेरै चौरी र घोडा मार्ने गरेको लप्चीका स्थानीय कर्मा शेर्पाले बताए। भालुले कुरुवा र बूढाबूढीमात्र भएको लप्चीको घरमा पसेर खाद्यान्न खाइदिएको उनले गुनासो गरे। कोरोनाको ५ वर्षपछि यो वर्षको दसैं–तिहारबाट चीन सरकारले तिब्बतसँगको नाका खोलिदिएपछि लप्चीका स्थानीयले चौरी, चौंरीको घ्यु, छुर्पी बिक्री गरेर त्यताबाट झन्डै ६ महिनालाई पुग्ने खाद्यान्नका सामग्रीहरू जोहो गरेका थिए। लप्चीवासीलाई नेपालतिर आफ्नो पालिकाको सबैभन्दा नजिकको बजार लामाबगर आउन दुई दिन लाग्छ। तर, चीनको तिब्बतस्थित सिगात्से, ङ्यालम काउण्टीमा पर्ने टाँसीघ्याङ बजार पुग्न भने पाँच घण्टा लाग्ने स्थानीयको भनाइ छ। 

प्रत्येक वर्ष चिसोबाट जोगिन बसाइँ सर्न बाध्य लप्चीका युवाहरू चौरी लिएर लुम्नाङ झर्नुपर्ने र लप्चीको घरमा बूढाबूढी तथा केही कुरुवाहरू मात्र रहने भएपछि भालुले  दुःख दिने गरेको स्थानीय लाक्पा शेर्पाले बताए। भालुले बस्ती कुरुवा र बूढाबूढीमात्र भएको लप्चीका घर भत्काउँदै पसेर खाद्यान्न खाने र नष्ट गर्ने गरेको उनको गुनासो छ। ‘खाद्यान्न सकिएपछि मान्छेलाई आक्रमण गर्ने डरले बस्तीमा भएका वृद्धवृद्धा र कुरुवा त्रसित छन्’, उनले भने, ‘लप्ची बस्तीमा २ वटा हिमाली भालु प्रवेश गरेको छ। रातिको समयमा भालु बस्ती पस्ने र ढुंगामाटाको गारो भएको घरको एकातिरको गारो फोडेर भालुभित्र पस्ने गर्छ।’ मान्छे नभएका घरको खाद्यान्न खाइदिने र घर फोड्ने गरेको उनको गुनासो छ। अहिलेसम्म १७ भन्दा बढी घर भालुले फोडिसकेको लाक्पाको भनाइ छ। गौरीशंकर संरक्षण क्षेत्रले जंगली जनावरले हानी नोक्सानी पुर्‍याए क्षतिपूर्ति दिने व्यवस्था गरेको भएपनि संरक्षण क्षेत्रको कार्यालय र आफूहरू बस्ने ठाउँ निकै टाढा रहेकाले समयमै आवश्यक कागजात पुर्‍याउन नसक्दा समस्या हुने गरेको  स्थानीयको दुखेसो छ। 

हिउँदमा लप्चीका बासिन्दा बाध्यतावश लुम्नाङ बसाइ सर्नुपर्ने र यो क्रममा भालुले खाद्यान्न तथा घरपालुवा पशु खाइदिने गरेको गुनासो धेरै आउने गरेको विगु गाउँपालिका–१ लामाबगरका वडा अध्यक्ष मेमबहादुर तामाङले बताए । ‘योपटक पनि भालुले धेरै चौरी, घोडा र खाद्यान्न खाइदिएको गुनासो लिखित तथा मौखिक रूपमा आएका छन्, हामीले त्यस्ता गुनासोको बारेमा अध्ययन गरी गौरीशंकर संरक्षण क्षेत्रसँग समन्वय गरेर  क्षतिपूर्तिको व्यवस्था गर्ने प्रयत्न गरिरहेका छौं’, अध्यक्ष  तामाङले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.