बालकुमारी घटना : सुर्खेतमा प्रदर्शनकारीद्वारा प्रशासन घेराउ

बालकुमारी घटना : सुर्खेतमा प्रदर्शनकारीद्वारा प्रशासन घेराउ
सुन्नुहोस्

बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : बालकुमारी घटनाको विरुद्धमा आन्दोलनरत युवाहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ गरेका छन्। शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिरहेका पीडित पक्षले सोमबार जिल्ला प्रशासन घेराउ गरेका हुन्। 

प्रदर्शनकारीहरूले बालकुमारी घटनाको दोषीलाई सरकारले निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने, मृतक युवाहरूलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने जस्ता मागहरू राखेर गत शनिबारबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पीडित परिवारको तर्फबाट नागरिकहरूले आन्दोलन गरिरहेका छन्। 

उक्त आन्दोलनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन्। आन्दोलनकारीहरूले सडकमा टायर बाल्ने काम पनि गरिरहेका छन्। आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ। 

सोमबार प्रशासन घेराउसँगै प्रदर्शनकारीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पुत्ला पनि जलाइएका छन्।  आन्दोलनकारीहरूले सुर्खेतमा सरकारी गाडीहरूलाई चल्न पनि दिएका छैनन्। 

सोमबार आफ्नो आन्दोलनको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरूले सडकमा ७० बढी सरकारी सवारी साधन नियन्त्रणमा लिएका छन्। उनीहरूले नियन्त्रणमा लिएका सरकारी सवारी साधनहरू प्रहरीको जिम्मा लगाएका छन्। 

‘युवा विद्रोह’ जनसंघर्ष समितिले एरी चोक, इत्राम, मंगलगढी चोकलगाएत मुख्य स्थानमा जारी राखेको आन्दोलनका अवसरमा सरकारी सवारी चलाउँदा जानकारी हुँदा हुँदै आन्दोलनको अवज्ञा गरेको भन्दै ७० वटा, मोटरसाइकल र ७ वटा चारपांग्रे गाडी नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिइएका सवारी साधनहरू प्रदेश र जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा राखिएका छन्। 

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किएका थिए। 

भड्किएका युवाको अनियन्त्रित भीड र प्रहरीबीच झडप हुँदा शुक्रबार दुई जनाको ज्यान गएको हो। झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका-६ रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका-१ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.