दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार

दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार

दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मङ्गलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । उनको सघन उपचार कक्ष (आइसियु) मा सुधार भइरहेको उनको पार्टीले जनाएको छ । 

पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी सोन जे–हानले पत्रकार सम्मेलनमा बताए। लीको डेमोक्रेटिक पार्टीका क्वोन चिल–सेउङले लीलाई सुरुमा बुसानको अस्पताल लगिएको र पछि राजधानी सोल लगिएको पत्रकारहरूलाई बताए। उनका अनुसार सोलमा उनको दुई घन्टासम्म शल्यक्रिया गरिएको छ । 

'गलाको आन्तरिक नसामा क्षति पुगेको पुष्टि भएको छ', उनले भने, 'शल्यक्रियापछि ली होशमा हुनुहुन्थ्यो, हाल आइसियुमा भर्ना हुनुभएको छ र सुधार भइरहेको छ ।'

आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रहरी अधिकारी सोनका अनुसार ६० वर्षीय आक्रमणकारीले १३ सेन्टिमिटर लामो ब्लेड भएको १८ सेन्टिमिटर छुरा प्रयोग गरेका र यसलाई उनले अनलाइनमा खरिद गरेका थिए । 

दक्षिण कोरियाली टेलिभिजन स्टेसनहरूमा प्रसारित फुटेजमा प्रहरीले संदिग्ध व्यक्तिलाई भुइँमा लडाएको देखिएको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाली अधिकारीहरूले आक्रमणकारीविरुद्ध हत्या प्रयासको अभियोग लगाउने योजना बनाएका छन् । 

आक्रमणकारीले आफ्नो मनसाय लीलाई मार्ने रहेको प्रहरीलाई बताएको योनहापले उल्लेख गरेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय राजनीतिज्ञ ली पत्रकारहरूसँग कुरा गर्दै आफ्नो कारतर्फ जाँदै गर्दा आक्रमणकारीले उनीसँग अटोग्राफ मागेका थिए । टेलिभिजन फुटेजमा ली भुइँमा लड्दै गरेके र मानिसहरू उनलाई सहयोग गर्न दौडिरहेको देखाइएको छ । 

अग्निशमन विभागका अधिकारीहरूलाई उद्धृत गर्दै हमलामा लीलाई एक सेन्टिमिटर चोट लागेको पहिला खबर दिएको थियो ।  पछिल्ला वर्षहरूमा कयौँ उच्च प्रोफाइलका दक्षिण कोरियाली राजनीतिज्ञमाथि सार्वजनिकरूपमा हमला भएका छन् । सन् २०२२ मा लीभन्दा अघि डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने सङ यङ–गिलको टाउकामा एक वृद्ध व्यक्तिले केही वस्तुले हमला गरेका थिए । 

सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता पार्क ग्युन–हेमाथि एक र्यालीमा चक्कु प्रहार गरिएको थियो । हमलाको दाग उनको अनुहारमा अहिले पनि रहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.