दुग्ध वितरण आयोजनामा लापरबाही

दुग्ध वितरण आयोजनामा लापरबाही

काठमाडौं : दुग्ध वितरण आयोजना बालाजुले लामो समयदेखि किसानलाई दूधको पैसा नदिएको, बजार व्यवस्थापनमा कमजोर, अखाद्य वस्तु नष्ट नगरेकालगायतका लापरबाही गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसहितको टोलीले गरेको अनुगमनमा यस्तो लापरबाही भेटिएको हो। 

लामो समयदेखि दूधको भुक्तानी किसानले नपाइरहेका बेला मन्त्री भुसालसँगै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको टोलीले मंगलबार उक्त आयोजनाको छड्के अनुगमन गरेका हुन्। केही दिनअगाडि किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराएका थिए। तर पनि त्यसको कार्यान्वयन अझै नगरेको अनुगमन टोली बताउँछन्। अनुगमनका क्रममा कार्यालयमा आधाभन्दा पनि कम कर्मचारी मात्रै उपस्थिति भएको लगायतका लापरबाही भेटिएको छ।

उक्त दिन आयोजनाका २ सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित थिए। ‘जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजयकुमार यादव बिहीबारसम्म बिदामा बसेर हाजिरी गरेको पाइएको छ,’ अनुगमन टोलीले भन्यो, ‘यत्रिमात्रै होइन आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको पाइएको छ।’

केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको खुलेको छ। यसैले आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजना प्रमुख गणेशकुमार यादवलाई तत्काल सुधार गर्न निर्देशन दिएका छन्। आयोजनामा देखिएका बेथितिलाई अनुगमन टोलीले टिपोर्ट गरी ल्याएको र अब अध्ययनपश्चात् आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ। जबकि दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ। उक्त संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.