सुन भनेर किनेको धातु पित्तल परेपछि...

सुन भनेर किनेको धातु पित्तल परेपछि...
सुन्नुहोस्

सिमरा : बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन् । पचरौता नगरपालिका ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् ।

किराना पसलको व्यवसाय गर्दै आएका अंसारीले मंसिर १६ गते चार लाख २५ हजारमा सुन भनेर १०/१० ग्रामको पाँच वटा बिस्कुट खरिद गरेका थिए । सुन भनेर किनेको उक्त बिस्कुट गहना बनाउन खोज्दा पित्तल निस्किएपछि अंसारी न्याय खोज्दै प्रहरी कार्यालय पुगेका हुन् ।

अंसारीले प्रहरीमा दिएको जाहेरीमा बारागढी गाउँपालिका २ दौरवा बस्ने ४० वर्षीय विनय थारु चौधरीसँग उक्त धातु खरिद गरेको उल्लेख गरेका छन् । थारुले पसलमै आएर आफूसँग १०/१० ग्रामको सुनको पाँच वटा बिस्कुट रहेको र पैसाको खाँचो परेको हुँदा मिलाएर दिने बताएपछि आफूले उक्त धातु खरिद गरेको अंसारीको भनाइ छ ।

आफ्नो चिनजानका महागढीमाई ९ का राजेन्द्र महतोले थारुसँग आफूलाई भेट गराएको र सोही भेटमा थारुले आफूलाई सुन भनेर उक्त धातु बेचेको जानकारी अंसारीले प्रहरीलाई दिएका छन् । आफू ठगिएको जानकारी पाएपछि अंसारीले चौधरीविरुद्ध ठगी मुद्धा दर्ता गराएका छन् । 

बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले सुन भनेर पित्तल खरिद गर्न पुगेको विषयलाई लिएर प्रहरीमा उजुरी परेको बताए । प्रहरी उपरीक्षक काफ्लेले उक्त धातु सुनजस्तो नदेखिए पनि जाँचका लागि पठाइने बताए ।

'सुन भनेर किन्नुभएको रहेछ । उक्त धातु सुन नभएको जानकारी पाएपछि जाहेरी दिनुभएको छ', प्रहरी उपरीक्षक काफ्लेले भने, 'उक्त धातु सुन जस्तो देखिंदैन । तर पनि हामी जाँचका लागि पठाउछौं ।' ठगीमा मुछिएका व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइने काफ्लेले जानकारी दिए ।

पचरौता नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लक्ष्मी यादवले किराना पसलको व्यवसाय गरिरहेका सोझो व्यवसायीलाई झुक्याएर ठगी गरेको बताए । यादवले ठगीमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.